सिद्धार्थ पत्रकारिता सम्मान ढुंगाना, पाण्डे र विश्वकर्मालाई

सिद्धार्थ श्रमजिबि पत्रकारिता पुरस्कारबाट पछाई, पाण्डे र गलामी पुरस्कृत
खबरपथ संवाददाता
११ असार २०७६, बुधबार ११:०३

भैरहवा । लुम्बिनी प्रेस क्लबको सहकार्यमा सिद्धार्थ नगरपालिकाले हरेक बर्ष प्रदान गर्दै आएको सिद्र्धाथ पत्रकारिता सम्मानबाट पत्रकार माधब ढुंगाना, शंकर प्रसाद पाण्डे र राधेश्याम विश्वकर्मा जनही १५ हजार सहित सम्मानित भएका छन् । सम्मानित भएका पत्रकार ढुंगाना कान्तिपुर दैनिकका उपसम्पादक, पाण्डे रुपन्देही एफ एमका स्टेशन म्यानेजर र विश्वकर्मा एपीवान टिभीका व्यूरो प्रमुखको रुपमा कार्यरत छन् । सिद्धार्थनगरको विकास र समृद्धिको अभियानमा पत्रकारिता मार्फत योगदान पुराउने पत्रकारलाई गतबर्ष देखी उक्त सम्मान दिन थालिएको हो । गतबर्ष उक्त सम्मान पत्रकार नरेश के.सीलाई जनही ५० हजार सहित प्रदान गरिएको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देही र सिद्धार्थनगर पालिका भैरहवाको सहकार्यमा सन्चालित सिद्धार्थ श्रमजिबि पत्रकारिता पुरस्कारबाट रुपन्देहीका ३ जना पत्रकार पुरस्कृत भएका छन् ।

सिद्धार्थनगरको उपप्रमुख उमा काफ्लेका अनुसार सिद्धार्थ श्रमजिबि पत्रकारिता पुरस्कार २०७३ बाट एबिसी टिभि तथा मेचिकाली दैनिकका भैरहवा सम्बाददाता दीपेश पछाई नगद ५ हजार सहित प्रमाणपत्रले पुरस्कृत भएका छन् । यसैगरी सिद्धार्थ श्रमजिबि पत्रकारिता २०७४ बाट नगद ५ हजार सहित लुम्बिनी टिभीको समाचार प्रमुख तथा सेतोपाटि सम्बाददाता भगवति पाण्डे पुरस्कृत भईन् । यसैगरी सिद्धार्थ श्रमजिबि पत्रकारिता २०७५ बाट रुपन्देही एफ एममा कार्यरत पत्रकार दीपक गलामी पुरस्कृत भएका छन् ।

सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई नगर प्रमुख हरि प्रसाद अधिकारीले खादा दोसल्ला, प्रमाणपत्र र नगद रकम प्रदान गर्दै नगरको विकासमा पत्रकारिता क्षेत्रबाट मार्गनिर्देशन हुनेगरी सहयोगको अपेक्षा प्राप्त गरे । नगर प्रमुख अधिकारीले नगरको आसन्न बजेटमा पत्रकारहरुकोलागी अक्षयकोष र पत्रकारिता तालीमकोलागी आवश्यक बजेट बिनियोजन गर्ने पनि बताए ।

सिद्धार्थ पत्रकारिता सम्मान लुम्बिनी प्रेस क्लबको सिफारिशमा हुने गर्दछ भने सिद्धार्थ श्रमजीबि पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीले गठन गरेको मूल्यांकन उपसमितीको सिफारिशमा भएको हो । महासंघले शाखाका सहसचिव कमल रायमाझीको संयोजकत्वमा ३ सदस्यीय उपसमिती गठन गरेको थियो । उक्त समितीको सदस्यहरुमा सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव नेत्र आचर्य र पत्रकार सन्जय सौगात सदस्य रहेका थिए । सिद्धार्थनगरको पाचौं नगर परिषदको अवसरमा उक्त सम्मान तथा पुरस्कार समर्पण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*