
एसइईको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ।
२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । कार्यालयले आज परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै शर्माले कुनै प्राविधिक त्रुटी नभए आज साझ सम्ममा र प्राविधिक त्रुटी आए भोली सम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो।
कार्यालयले हिजो सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिइसकेको छ। यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।