एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

खबरपथ संवाददाता
११ असार २०७६, बुधबार १६:४२

काठमाडौं ।  परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी पुरा भएको जनाएको छ ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीले नतिजा सार्वजनिक गर्ने तयारी स्वरुप आन्तरिक गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – हामी परीक्षाफल सार्वजनिक गर्न हरसम्भव जुटेका छौं , भोलि सम्म परीक्षाफल प्रकाशित गर्ने हाम्रो लक्ष्य हो । कुनै प्राविधिक त्रृटि नभए भोलिसम्म नतिजा सार्वजनिक गर्ने उहाँको भनाई छ ।
यस पटक प्रदेश २ मा प्रश्नपत्र बाहिरिए पछि दुई चरणमा परीक्षा सम्पन्न भएको थियो । प्रदेश २ बाहेक मुलुकभर गत चैत्र १० गते शुरु एसईई परीक्षा २१ गते सम्पन्न भएको थियो ।
एसईईमा देशभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकोमा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी सहभागि भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसईईमा सहभागी हुनेमा छात्राको संख्या धेरै छ । २ लाख ३८ हजार ५ सय ५८ छात्रा र २ लाख ३६ हजार ४ सय ४५ छात्रले परीक्षा दिएका छन् । सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय ७ परीक्षार्थी सहभागि भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*