सुन व्यवसायीलाई प्रशिक्षण

खबरपथ संवाददाता
११ असार २०७६, बुधबार २०:५१

बुटवल ।
रुपन्देही सुनचाँदी व्यवसायी संघ र गुणस्तर तथा नापतौल बिभाग बुटवलको संयुक्त आयोजनामा गुणस्तर तथा नापतौलका बिषयमा बुधबार सैनामैनामा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
सैनामैना नगरपालिका, शुद्धोधन र कञ्चन गाउँपालिकाका सुनचाँदी व्यवसायीहरुलाई लक्षित गरि सचेतनामूलूक कार्यक्रम गरिएको हो । सुनचाँदी व्यवसायलाई नापतौलका बिषयमा जानकारी गराएर व्यवस्थित पसल सञ्चालन गर्ने बिषयमा जानकारी गराउन कार्यक्रम गरिएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबि विश्वकर्माले जानकारी दिए ।
गुणस्तर तथा नापतौल बिभागका प्रमुख मनोज कुमार पोख्ररेल, बरिष्ठ प्राविधिक गणेश पौडेल, निरिक्षक रमेश पाण्डे र जिल्ला कार्य समितिका सदस्य रेवन्त बिश्वकर्माले प्रशक्षिण दिएका थिए । संघका अध्यक्ष बिश्वकर्माको अध्यक्षता, भुवानसिंह बरालको स्वागत,जिल्ला सचिव किशोर कुमार सुनारको संचालनमा भएको कार्यक्रममा जिवन गहतराज र ठाकुर गौतम लगायत बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*