दुव्यर्सन बिरुद्धमा शान्ति समाजको सचेतना कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
११ असार २०७६, बुधबार २१:०८

बुटवल ।
लागू औषध दुरुपयोग तथा ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा लागू औषध मदिरा दुव्यर्सन बिरुद्ध हाम्रो अभियान बिषयक सचेतना कार्यक्रम गरेको छ ।
बुटवलका बिभिन्न बिद्यालय तथा क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई केन्द्रित गरी आयोजना गरीएको कायक्रममा प्रहरी निरीक्षक हेम बहादुर केसीले लागू औषधमा बच्न सक्ने उपाय, नेपालमा लागू औषध सेवनगर्नेहरुको अवस्था, लागू औषधको सेवनबाट हुने बेफाइदा, कानूनी कारवाही लगायतका सम्वन्धमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्द खनालले युवाहरु लागुपदार्थमा समाहित हुदा उसको घर परिवार सहित समाज र देशलाई नै नकारात्मक प्रभा पार्ने भएकाले सबै मिलेर युवालाई कुलतमा फस्न दिन नहुने बताउनु भयो ।उहाले विश्वव्यापी रुपमा लागुऔषध दुर्व्यसनको अवैध व्यापार सञ्जाल फस्टाउँदो अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गर्दै एकल प्रयासले मात्रै नियन्त्रण गर्न गाह्रो भएको उल्लेख गर्नुभयो । सामुहिक पहल तथा सामाजिक सचेतनाको आवश्यकता औल्याउँदै बरिष्ठ उपाध्यक्ष खनालले लागु औषधको प्रयोगले सिँगो समाजलाई असर गर्ने हुँदा घर, विद्यालय, सामाजिक संघ संस्था लगायत क्षेत्रमा सचेतना आवश्यक रहेको बताउनु भयो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले रुपन्देहीमा लागूपदार्थ प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको पाइएकोले निकारणका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो। उहाले लागुऔषधमा फसिसकेपछि निस्कन गाह्रो हुने बताउँदै सबै व्यक्ति समयमै सजग हुनुपर्ने औल्याउनु भयो ।
समाजका जिल्ला सभापति डिपी खनालको अध्यक्षता, सचिव अर्जन ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा राष्टिय मान अधिकार आयोग बुटवलका निर्देशक संझना शर्मा, बरिष्ठ पत्रकार वालकृष्ण चापागाई, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम लगायतले बोल्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*