
तिलोत्तमा मेयर कपकप खेलमा १६ टीम सहभागि हुने,पहिलो पुरस्कार १ लाख ११ हजार

तिलोत्तमा ।
तिलोत्तमा फुटवल एकेडेमीको आयोजनामा पर्सी असार १३ गतेदेखि वडा नम्वर १को चप्परहट्टी स्थित खेल मैदानमा हुने तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रतियोगिता आयोजक सस्था तिलोत्तमा फुटवल एकेडेमीले आज ड्राइभरटोल स्थित होटल टुलिपमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।
प्रतियोगिताको खेल तालिकाको तिलोत्तमा नगरपालिका वडा नम्वर ३ का वडा सदस्य तथा एकेडेमीका सल्लाहकार तेज बहादुर गुरुगंले पत्रकार सम्मेलनमा सार्बजनिक गर्नु भयो ।
असार २८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही नवलपरासी र पाल्पाका उत्कृष्ट १६ टिमकोको सहभागिता रहने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी दिनु भयो ।
प्रतियोगिताको बिजेता टीमले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने अध्यक्ष नेपालीले बताउनु भयो ।
प्रतियोगितामा जिल्ला बाहीरका टीमलाई प्रति टीम २ हजार रुपैया यातायात खर्च र प्रत्येक पटक जित्ने टीमलाई २ हजार रुपैया प्रोत्साहन रकम दिइने पनि एकेडेमीका महासचिव युवराज पराजुलीले जानकारी दिनु भयो । त्यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ठ खेलाडीलाई बिशेष पुरस्कार र उत्कृष्ठ रिपोटिगं गर्ने पत्रकारलाई ५ हजार रुपैया सहित सम्मान गरीने पराजुलीले बताउनु भयो ।
साढे १२ लाख रुपैया खर्च हुने अनुमान गरीएको प्रतियोगिताको संरक्षकमा तिलोत्तमा नगरपालिका रहेको छ ।
उत्कृष्ट खेलाडी र पत्रकारलाई तिलोत्तमाको योगिकुटी स्थित गुड टाइम फेमेली रेष्टुरेण्टले सौजन्य गर्ने छ ।
प्रतियोगिताको पर्सी नगरप्रमुख बासुदेव घिमिरेले उदघाटन गर्ने कार्यक्रम रहेको छ । खेल हेर्न ५० रुपैया टिकट शुल्क राखिएपनि महिला, बालबालिका, जेष्ठ नागरीक तथा अपागंता भएका व्यक्तिहरुलाई निशुल्क प्रबेशको व्यवस्था गरीने छ ।
यसै वर्ष मात्रै स्थापना भएको एकेडेमिले अव प्रत्येक वर्ष तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिता सहित बिभिन्न प्रतियोगिताको आयोजना गर्ने बताएको छ ।