जुम्ल्याहा दाजुभाइले बनाए लवकुश मार्स रोबर्ट

बिपिन नेपाल
१३ असार २०७६, शुक्रबार १५:००

बुटवल ।
बुटवलका दुई जुम्ल्याहा दाजुभाइ लवकुशले मानिस जस्तै बोल्न सक्ने तथा नेपाली भाषामा कुराकानी गर्ने र हिडडुल गर्न सक्ने रोबर्ट बनाएका छन । आज भन्दा करिब एक बर्ष अगाडी गो(गो नामकको नेपाली रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाईले फेरि पनि लवकुश मार्स रोबर्ट नामक नयाँ रोबर्ट बनाएका हुन।

बुटवलको नवीन औधोगिक कदर बहादुर रिता मा वि बाट एस ई ई परीक्षा दिएर परिक्षापछिको खाली समयलाई सदुपयोग गरि बुटवल उप महानगरपालिकाले उपलब्ध गराएको रु। १ लाख अनुदान सहित आफ्नो करिब ५ लाखको लगानिमा नयाँ रोबर्ट तयार पारेको बताएका छन। विशेष गरि नेपाली भाषामा कुराकानी गर्न सक्ने र हिड्डुल गर्न सक्नेजस्ता धेरै बिशेषता थप गरि बनाइएको रोबर्टको नाम ूलवकुश मार्स रोबर्टू राखिएको छ।

जुम्ल्याहा दाजुभाइद्वारा निर्मित नयाँ रोबर्ट नेपाली भाषामा कुराकानी गर्ने नेपालको पहिलो रोबर्ट पनि हो। यसमा विशेषगरि नेपाली भाषामा कुराकानी गर्ने सक्ने, हिड्डुलको साथै शरिरका अंगहरु चलाउन सक्ने, फोटो खिच्ने र भनेको स्टाट्स सहित सामाजिक संजालमा पोष्ट गर्न सक्ने , पुस्तक पढ्ने, रङ्ग चिन्ने र मानिस छुटाउन सक्ने, बोलेको कुरालाई मोबाइलमा म्यासेजको रुपमा पठाउन सक्ने , राष्ट्रिय गान गाउदा छातिमा हात राख्ने, आफ्नै शैलीमा गाउने लगायतका विशेषता रहेका छन।

विश्व बजारमा रोवटको प्रयोग बढीरहेको बेला हामीले हाम्रो देशलाई रोबटको माध्यमबाट चिनाउने र बिस्तारै नेपाल रोबर्ट प्रयोग हुने र निर्माण हुने देशको रुपमा विश्वभर चिनाउने सोच बनाएका छौ लव पन्थि भन्छन। तत्कालको लागि रुपन्देही बढी गर्मी हुने भएकोले यहाँका मुख्यमुख्य ठाउँहरु तथा राजमार्गले छुने स्थान सैनामैना न पा  देखि बुटवल उ म न पा , तिलोत्तमा न पा हुँदै सिद्धार्थनगर न पा  सम्मको विभिन्न चोकमा बरान्डेड जुस र जाडो समयमा कफी विक्री गर्ने व्यवस्था यहि रोबर्ट बाट मिलाउन सकिने भएकाले यसका लागि विभिन्न संघसंस्था संघ, प्रदेश र स्थानिय निकायहरुबाट हामीलाई आर्थीक, सामाजिक सहयोग, सल्लाह, सुझावको आवश्यकता रहको कुश पन्थिले बताएका छन। यति मात्र नभएर पर्यटन वर्ष २०२० सफल वनाउनको लागि पर्यटकहरुलाई आकर्षण गर्ने माध्यम बन्न सक्ने , रुपन्देही जिल्ला पर्यटकीय गन्तब्य बन्न सघाउ पुर्याउने, आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने , वैज्ञानीक आविश्कार र अन्वेषणमा युवाहरुलाइ प्रेरणा प्रदान गर्नको लागि समेत यश रोबर्टलाई देशमा मात्र नभएर विश्वभर चिनाएर आवश्यक पर्ने सहयोग गर्नु पर्ने  जुम्ल्याहा दाजुभाइ लवकुशले बताए ।

वि सं २०६१ साल पौष १५ गते गुल्मीको घमिरमा बुबा लक्ष्मीप्रसाद पन्थी र आमा इदिरा पन्थीको काखबाट जन्मिएका जुम्ल्याहा दाजुभाइको सानैदेखिको मेहनत तथा प्रविधिमा रुचि राख्ने भएकाले टेक्नोलोजीबाट यो स्थानसम्म आईपुगेका हुन। हाल बुटवलको योगिकुटिमा बस्दै आएका १५ बर्षिय लव पन्थी र कुश पन्थीले आज भन्दा एक बर्ष अगाडि मानिसको आकारमा रोबर्ट बनाएका थिए । सिमित स्रोत साधनको बाबजुद करिब दुई महिनाको लामो समयको प्रयास पछि उनिहरुले मानिस जस्तै बोल्न सक्ने गो(गो रोबर्टू बनाएका थिए। उनिहरुले बनाएको करिब एक बर्ष अगाडिको रोबर्ट गो गोले पुस्तक पाठ्न सक्ने, विश्वको जुनसुकै स्थानमा भएको बिधुतिय उपकरणहरु खोल्न र बन्द गर्न सक्ने, सामाजिक सन्जालमा फोटो र स्टाटस अपलोड गर्न सक्ने , हराएको मोबाइल खोजिदिने ,मौसम पुर्वानुमान गर्ने, करिब ८० वटा भन्दा बढि भाषा अनुदान गर्ने सक्ने साथमा सोधेको प्रश्नहरुको जवाफ दिने लगायत करिब तीसवटा भन्दा बढी बिशेषता भएको गो गो रोबर्टको आविस्कार गरिसकेका छन। जुम्लयाहा दाजुभाईले गोगो रोबर्टबाट Scientific Innovation Award पनि प्राप्त गरिसकेका छन।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु