
तिलोत्तमा मेयर कप सुरु

तिलोत्तमा ।
तिलोत्तमा फुटवल एकेडेमीको आयोजनामा आजदेखि वडा नम्वर १को चप्परहट्टी स्थित खेल मैदानमा तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको आज तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले खेलाडीलाई बल हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो ।
असार २८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही नवलपरासी र पाल्पाका उत्कृष्ट १६ टिमकोको सहभागिता रहेको छ ।
उदघाटन खेलमा आयोजक तिलोत्तमा एकेडेमीलाई पराजित गर्दै पाल्पा ११ बिजयी भएको छ ।
आजको खेलमा पाल्पा ११ का सुमित केसीले ५८ औं र ७८ औ मिनेटमा र तिलोत्तमा एकेडेमीका बिज्ञान गुरुगंले ६८ औ मिनेटमा गोल गर्नु भएको खेल कमिशनर बिकास गुरुगंले जानकारी दिनुभयो । आजको खेलमा २ गोल गर्ने सुमित केसी म्यान अफ दी म्याच हुनु भएको छ । उहालाई एकेडेमीका अध्यक्ष तिलक नेपालीले सम्मान गर्नु भएको थियो ।
भोलीको खेल स्मृति स्पोर्टस क्लव तिलोत्तमा र देशभक्त क्लव नवलपरासीका बिचमा हुने छ । प्रतियोगितामा जिल्ला बाहीरका टीमलाई प्रति टीम २ हजार रुपैया यातायात खर्च र प्रत्येक पटक जित्ने टीमलाई २ हजार रुपैया प्रोत्साहन रकम दिइने एकेडेमीका महासचिव युवराज पराजुलीले जानकारी दिनु भयो । त्यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ठ खेलाडीलाई बिशेष पुरस्कार र उत्कृष्ठ रिपोटिगं गर्ने पत्रकारलाई ५ हजार रुपैया सहित सम्मान गरीने पराजुलीले बताउनु भयो ।
प्रतियोगिताको बिजेता टीमले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने छन।
साढे १२ लाख रुपैया खर्च हुने अनुमान गरीएको प्रतियोगिताको संरक्षकमा तिलोत्तमा नगरपालिका रहेको छ ।
उत्कृष्ट खेलाडी र पत्रकारलाई तिलोत्तमाको योगिकुटी स्थित गुड टाइम फेमेली रेष्टुरेण्टले सौजन्य गर्ने छ ।
खेल हेर्न ५० रुपैया टिकट शुल्क राखिएपनि महिला, बालबालिका, जेष्ठ नागरीक तथा अपागंता भएका व्यक्तिहरुलाई निशुल्क प्रबेशको व्यवस्था गरीएको छ ।