यही संबिधान मार्फत सबैका समस्या समाधान गर्न सकिन्छ : पूर्वराष्टपति डा.यादव

खबरपथ संवाददाता
१३ असार २०७६, शुक्रबार २२:३५

बुटवल ।
पूर्व राष्टपति डा. रामवरण यादवले नयाँ संबिधान जारी भई ३ तहको निर्वाचन पश्चात मूलुक स्थायीत्वमा अघि बढेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले यही संबिधान मार्फत सबैका समस्या समाधान गर्न सकिने बताउनु भयो ।
पूर्वराष्टपति डा. यादवले लामो संघर्ष र आन्दोलनबाट नेपाली जनताले संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाकी काम पनि छिटो पुरा गर्नु पर्ने बताउनु भयो ।
उहाले सत्यनिरुपण तथा मेल मिलाप आयोगलाई सक्रिय बनाएर शान्ति प्रक्रियाका बाकी काम पुरा गर्न अव ढिला गर्न नहुने बताउनु भयो ।
नेपालले धेरै अन्तरराष्टिय शान्ति संझौतामा हस्ताक्षर गरेकाले अन्तराष्टिय क्षेत्रमा लगेर कसैले  दुख नदियोस भन्नका लागि शान्ति प्रक्रियाका काम टुग्याउन सरकारले बिशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
पूर्व राष्टपति डा. यादवले प्राकृतिक श्रोत र पर्यावरणलाई जोगाउन सबै नेपाली सचेत भएर लाग्नु पर्ने बताउनु भयो ।
युनियनका रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र सहसचव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, महासचिव रमेश बिष्ट,पूर्व केन्द्रिय सदस्य हरी लम्साल  काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*