भ्रष्टाचार विरुद्ध हस्ताक्षर संकलन

खबरपथ संवाददाता
१४ असार २०७६, शनिबार २०:४२

बुटवल । भ्रष्टाचार न्युनिकरण तथा यस विरुद्ध दवाव सिर्जना गर्ने उद्देश्यले बुटवलमा हस्ताक्षर संकलन गरिएको छ । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीले आज शनिबार बुटवलमा भ्रटाचार विरुद्ध एक हुन आह्वान गर्दै नागरिक हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।

हस्ताक्षर अभियान कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपमहासचिव टोप अस्लामीले अभियान औपचारिकताका लागि मात्र नगरिएको स्पष्ट पार्दै भ्रष्टाचारीलाई देशद्रोह सरह सजाँय हुनुपर्ने माग गर्नुभयो । भ्रष्टाचार अन्त्य नहुँदासम्म कुनैपनि समृद्धिको कल्पना गर्न नसकिने उहाँको भनाई थियो । सो अवसरमा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा भ्रष्टाचार विरुद्ध अभियानका प्रदेश ५ संयोजक होमाया गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ का अध्यक्ष झम बहादुर गुरुङ, जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, जिल्ला सचिव दिलमाया गुरुङ, पार्टीका बुटवल उपमहानगर समिति अध्यक्ष थर्क बहादुर बारघरे, लगायतले बोल्नुभएको थियो ।

हस्ताक्षर अभियान सुरु गर्नु अघि लखनचोक चौराहबाट ¥याली सहित मिलनचोक, बसपार्क, अस्पताललाईन् हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । ¥यालिमा सहभागीहरुले भ्रष्टाचार देशद्रोह हो, भ्रष्टाचारीलाई कारवाही गर, न्यायिक छानविन समिति गठन् गर जस्ता नाराहरु लगाएका थिए । जनमुक्तिले भ्रष्टाचार विरुद्ध देशैभर दवावमूलक कार्यक्रमहरुलाई अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*