नमस्ते नेपालद्वारा वनवाटिकामा वृक्षारोपण

खबरपथ संवाददाता
१४ असार २०७६, शनिबार २०:५७

तिलोत्तमा ।
नमस्ते नेपाल नामक संस्थाले शनिबार तिलोत्तमा नगरपालिकाको शंकरनगर वनवाटिकामा वृक्षारोपण गरेको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर संस्थाले वनवाटिकामा स्वामीका ६० वटा बिरुवा रोपेको हो ।
संस्थाले आफ्ना सदस्यहरुलाई हरेक वर्षको जन्मजयन्तीमा वृक्षारोपण गर्न आह्वान गरेको छ । संस्थाको योजना अनुसार सदस्यहरुले आफ्नो जन्मजयन्तीमा प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको अध्यक्ष अर्जुन खरेलले बताए ।
वृक्षारोपण दिवसका अवसरमा आयोजित एक समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमाका नगर अध्यक्ष मोहन चापागाईंले नमस्ते नेपालले थालेको अभियान अनुकरणीय रहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।
उनले पर्यावरणलाई जोगाउन हरेक गाउँ र टोलहरुमा वृक्षारोपण गरी यसको संरक्षण गर्नुपर्नेमा पनि जोड दिए । कार्यक्रममा संस्थाका सल्लाहकार अशोक क्षेत्री, नुमा खनालल गायतले बोलेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*