
राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीको २८ औँ स्मृतिसभाको अवसरमा विविध कार्यक्रमको आयोजना

तिलोत्तमा । श्री दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा १ नयाँमिल रुपन्देहीमा ब्रह्मलीन राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीको २८ औँ निर्वाण षोडशी महोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ।
यही माग २३ गते हुने स्मृति सभालाई मध्यनजर गर्दै १७ गतेदेखि २२ गतेसम्म सत्संग प्रवचन आयोजना गरिएको छ । सत्संगमा आश्रमका पीठाधीश श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजद्वारा दिवा १ बजेदेखि ३ बजेसम्म दार्शनिक प्रवचन हुनेछ ।
स्मृति सभाको अघिल्लो दिन २२ गते साँझ विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको समूह पूर्व विद्यार्थी मञ्च र अध्ययन गर्दै गरेका विद्यार्थीहरूको सङ्गठन विद्यार्थी कल्याण परिषद्द्वारा साहित्यिक कार्यक्रम “परमानन्द काव्यवाटिका”को समेत आयोजना गरिएको छ। काव्यवाटिका कार्यक्रममा सोही गुरुकलका विद्यार्थीहरू, पूर्वविद्यार्थीहरू, साहित्यिक व्यक्तिहरू साथै देशका करिब १५ जिल्लाका गुरुकुलबाट सहभागी प्रतिनिधि विद्यार्थीहरूले समेत रचना वाचन गर्नेछन्। यस्तै स्थानीय तथा राष्ट्रिय साहित्यकारहरूको उल्लेख्य सहभागिता रहने छ। कार्यक्रम साँझ ७ बजे देखि सुरु हुने जनाइएको छ।