कम्युनिष्ट सरकारले जनताको पक्षमा काम गर्न सक्दैन : सिंह

आउने चुनावमा काग्रेस पहिलो पार्टी बन्छ
खबरपथ संवाददाता
१५ असार २०७६, आईतवार ०७:२६

बुटवल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वउपप्रधानमन्त्री प्रकाशमान सिहंले दुई तिहाईको कम्युनिष्ट सरकारले जनताको पक्षमा हुने राम्रा काम गर्न नसकेको बताउनु भएको छ ।
गणेशमान सिहँ स्मृति पुस्ताकालय सैनामैनाले आज सैनामैनामा आयोजना गरेको एक दिवसीय विचार गोष्ठिलाई सम्बोधन गर्दै सिहले देशमा भ्रष्टाचार,हिसात्मक गतिविधी बढिरहेको बेला सरकारले टुलुटुलु हेरिरहेको बताउनु भयो ।
अव यो सरकारले केही राम्रो काम गर्दैन भन्ने जनतामा स्पष्ट भएको बताउदै कम्युनिष्टहरुले बिकास गर्न सक्दैनन जनतालाई झुक्याउन मात्र सक्छन भन्ने कुरा पनि जनताले बुझेको उहाले बताउनु भयो । उहाले कांग्रेस साङगठनिक र बैचारिक रुपमा शसक्त हुदै जाने बताउदै आउने चुनावमा कांग्रेस पहिलो पार्टि भएर खडा हुने दावि गर्नु भयो ।
कांग्रेसकै नेतृत्वमा सविधान जारी भएको बताउदै नेता सिंहले जनताको इच्छा,माग र चाहानलाई परिपुर्ति गर्ने मुद्धाहरुमा सधै तल्लीन रहने आश्वासन दिनुभयो ।
गणेशमान सिहँ स्मृति पुस्ताकालय सैनामैनाका सभापति तेज प्रसाद लामिछानेको अध्यक्षता र माधव ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, कांठमान्डौ सभापति सरवोद बानिया, प्रदेश सभा सदस्य फकर्रदिन खाँ लगायतले बोल्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*