तिलोत्तमा मेयर कपमा स्मृतिद्धारा देशभक्त पराजित, स्मृति अन्तिम आठमा

खबरपथ संवाददाता
१५ असार २०७६, आईतवार ०७:५४

तिलोत्तमा ।
तिलोत्तमा शुक्रबारदेखि सुरु भएको प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको शनिवारको खेलमा तिलोत्तमाको शंकरनगर स्थित  स्मृति स्र्पोटस क्लब विजयी भएको छ । नवलपरासीको देशभक्त क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै स्मृति अन्तिम आठमा प्रबेश गरेको छ ।
तिलोत्तमा –१ स्थित चप्परहटी खेलमैदानमा भएको प्रतियोगितामा स्मृतिका निशान्त न्यौपानेले २० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएसंगै हौसिएको स्मृतिका लागि विवेक पाण्डेले खेलको २८, ६५ र ६७ मिनेटमा गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गर्नु भयो । स्मृतिकै निराजन खत्रीले खेलको ४३ औ मिनेटमा गोल गर्नु भयो । शुरुवातबाट नै खेलमा पछि परेको देशभक्तलाई स्मृतिकै मनोज श्रेष्ठले खेलको ४७ औ मिनेटमा आत्मघाती गोलको उपहार दिएपछी देशभक्तले एक गोल प्राप्त गरेको थियो ।
शनिवारको खेलमा ह्याट्रिक गर्ने विवेक पाण्डे म्यान अफ दी म्याच हुनु भयो । उहालाई एन्फाका पूर्व मानार्थ उपाध्यक्ष हरी प्रसाद श्रेष्ठले मेडलबाट पुरस्कृत गर्नु भयो ।
त्यस्तै शनिवारको खेलको बिजेता स्मृतिलाई नगद दुई हजार रुपैयाबाट एकेडेमीका अध्यक्ष तिलक नेपालीले सम्मान गर्नु भयो ।
त्यस्तै प्रतियोगितामा जिल्ला बाहीरको टीम डिएमसीलाई पनि २ हजार रुपैया यातायात खर्च प्रदान गरीएको थियो ।
तिलोत्तमा फुटबल एकेडेमीको आयोजना र तिलोत्तमा नगरपालिकाको संरक्षकत्व जारी प्रतियोगितामा आईतबार डिएमसी तुल्सीपुर र सिद्धार्थ युथ क्लब चपरहट्टीका बिचमा खेल हुने कार्यक्रमका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनु भयो । असार
असार २८ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता टीमले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने छन।
प्रतियोगिताको प्रथम पुरस्कार ग्लोवल इण्टेरीयल शंकरनगर र बिशाल आयल सेन्टर जानकीनगरले सौजन्य गरेको एकेडेमीका महासचिव युवराज पराजुलीले जानकारी दिनु भयो ।
खेल हेर्न ५० रुपैया टिकट शुल्क राखिएपनि महिला, बालबालिका, जेष्ठ नागरीक तथा अपागंता भएका व्यक्तिहरुलाई निशुल्क प्रबेशको व्यवस्था गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु