लौहपुरुष गणेशमान सिंहको शालीक छोरा नेता प्रकाशमान सिंहद्धारा अनावरण

खबरपथ संवाददाता
१५ असार २०७६, आईतवार १६:४२

बुटवल ।
नेपाली काग्रेसले बुटवलको मैनाबगर स्थित पार्टी कार्यालय परिसरमा निर्माण गरेको नेपाली काग्रेसका सस्थापक नेता लौहपुरुष स्वर्गिय गणेश मान सिंहको शालिक उहाकै छोरा काग्रेस नेता प्रकाशमान सिंहले अनावरण गर्नु भएको छ ।
नेपाली काग्रेस बुटवल नगर समितिले ६ वर्षअघि निर्माण गरेको शालिक आज बिहान एक समारोहका बीच स्वर्गिय गणेशमानका सुपुत्र तथा काग्रेस नेता पूर्व उपप्रधानमन्त्री सिंहले अनावरण गर्नु भएको हो ।
कार्यक्रममा काग्रेस नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको पनि उपस्थिति रहेको थियो ।
नगर सभापति खेलराज पाण्डेको सभापतित्व। उपसभापति बिमलराज भट्टराइको स्वागत, सचिव ज्योत भणडारीको सञ्चालनमा भएको कार्यक्रममा नेता सिंह, प्रमुख सचेतक खाँण, रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, महासमिति सदस्य युवराज गिरी, क्षेत्रीय सभापति हरी लम्साल, प्रदेश सभाका उम्मृद्धार महेशमान सिंह, प्रेस युनियनका सभापति रेखा भुसाल, वडा नम्वर २ का सभापति धना लामा लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु