क्याननले विविध कार्यक्रम गरि रजत जयन्ती मनाउदै

विहिबार विद्यालय परिसरमा वृहत रक्तदान तथा फागुन २ गते मुल समारोह
खबरपथ संवाददाता
३० माघ २०८१, बुधबार २१:५४

बुटवल। बुटवलको सुख्खानगर स्थित क्यानन सेकेण्डरी स्कुलले आफ्नो २८ औं वार्षिकोत्सब तथा रजत जयन्ती विविध कार्यक्रम गरि मनाउदैछ । कोभिड-१९ संक्रमणका कारण रोकिएको रजत जयन्ती ३ वर्षपछि खेलकुद र रचनात्मक कार्यक्रम गरि मनाउने तयारी गरेको विद्यालयले जनाएको छ ।

विद्यालयले बुधबार पत्रकार सम्मेलन गरि कोभिड संक्रमणका कारण रोकिएको रजत जयन्तीलाई २८ औं वार्षिकोत्सबको अवसरमा मनाउन लागेको जानकारी गराएको हो ।

रजत जयन्ती तथा २८ औं वार्षिकोत्सबको अवसरमा माघ २२–२५ खेलकुद सप्ताह, जिल्ला स्तरिय बादबिवाद प्रतियोगिता लगायत कार्यक्रम संचालन भैसकेको विद्यालयका प्राचार्य शंकर भण्डारीले जानकारी दिए ।

त्यस अवसरमा विहिबार विद्यालय परिसरमा वृहत रक्तदान तथा फागुन २ गते मुल समारोह हुने उनले बताए । क्यानन नया युगको शिक्षा नीति अनुसार अध्यापनमा अग्रसर रहेको भन्दै उनले गुणस्तरीय शैक्षिक विकासमा जोड दिएको बताए । ‘समयको माग अनुसारको शिक्षामा अग्रसर छौ ।’–उनले भने । संख्यात्मक भन्दा पनि गुणात्मक पक्षमा जोड दिदै आएको उनले बताए । बुटवलको अन्तराष्ट्रिय सभाहलमा हुने मुल समारोहमा प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाको विशेष उपस्थिती रहने उनले बताए । सो कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक सम्मान, पत्रकार सम्मान लगायतसहित सास्कृतिक कार्यक्रमहरु गरिने उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले विद्यार्थीहरुलाई बैज्ञानिक, सीपमुलक र ब्यवहारिक अध्ययनमा जोड दिने गरि आफुहरु लागेको बताए । शैक्षिक संस्थाहरु समाजका अभिन्न अंग भएको भन्दै उनले आफु दोस्रो पुस्ताका रुपमा विद्यालयलाई समुदायसंग जोड्ने काम गरेको बताए । प्रत्येक कक्षाकोठामा कर्नर लाईबेरीको ब्यवस्था गरि पठन संस्कृति बिकास गर्ने लक्ष्यसहित अवधारणा अघि बढाएको उनले बताए । यसैगरि प्ले ग्रुपलाई ईसिएका रुपमा विकास गरिरहेको उनले बताए ।

कार्यक्रममा विद्यालयका ईसिए प्रमुख मिनराज गिरीले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने गरि खेलकुद गतिविधिलाई विशेष प्राथमिकतामा राखेको बताए । विभिन्न विधामा राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा ल्याउने धेरै खेलाडीहरु जन्माउन समेत सफल रहेको उनले बताए । विद्यालयमा प्ले ग्रुप देखि १० सम्म ७ सय जना विद्यार्थीहरु छन । यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि प्लस टु मा ३२२ विद्यार्थीहरु अध्ययरत रहेकाे विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु