सीता पोखरेल न्यौपानेको पुण्य तिथीमा काँग्रेसद्धारा शोक सभा

खबरपथ संवाददाता
१५ असार २०७६, आईतवार २२:०५

तिलोत्तमा ।
नेपाली काँग्रेसका युवा नेता हरि न्यौपानेकी धर्मपत्नी सिता पोखरेल न्यौपानेको सातौ दिनको पुण्यतिथीमा आज नेपाली काँग्रेस रूपन्देहीले शोक सभा गरि श्रद्धाञ्जली व्यक्त गरेको छ ।
काग्रेसले तिलोत्तमा ९, ज्ञानोदयचोक स्थित न्यौपाने निवासमा शोक सभा गरेको हो ।
नेपाली काँग्रेसकी क्रियाशील सदस्य समेत रहेकी सीताको निधनले पार्टी र समाजमा अपूर्णनिय क्षती पुगेको भन्दै नेताहरुले शोकको यो घडीलाई शक्तिमा बदल्न आग्रह गरेका थिए ।
शोक सभामा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले अध्ययनशिल र लगनशील कार्यकर्ता गुमाउदा काग्रेसलाई अपुरणीय क्षति पुगेको बताउनु भयो । उहाले मृगौला रोग लागेपछी बिरामी र घर परिवारलाई कस्तो पीडा हुन्छ त्यो आफुले भोगेको बताउदै आफनै आमा काग्रेस नेतृ मंगलादेबी सिंहको पनि मृगौला रोगका कारण मृत्यु निधन भएको बताउनु भयो ।
अर्का नेता काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सीताको निधनले पार्टी र समाजलाई ठूलो क्षति भएको उल्लेख गर्दै शोकलाई शक्तिमा बदल्नुको बिकल्प नभएको बताउनु भयो ।
उहाले न्यौपाने परिवारले सीताको उपचारका लागि गरेका प्रयासले महिलाको समस्यामा पार्टी नेता कत्तिको जिम्मेवार हुन्छन भन्ने पनि पुष्टि गरेको बताउनु भयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकको सभापतित्व, सचिव रामकृष्ण खाँणको ुञ्चलनमा भएको शोक सभामा काठमाण्डौं सभापति कृष्ण सबुज बाँनिया,रूपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल, क्षेत्रिय सभापति प्रेम फौजदार , नेपाल महिला संघ रुपदेन्हीकी सभापति गंगा शाही, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे लगायतले सीताको मृतआत्माको चिरशान्तिको कामना गदैं शोकलाई शक्तिमा रूपान्तरण गर्दै पार्टीलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
शोक सभामा काग्रेस नेता तथा सीताका पति हरी न्यौपानेले सीताको जीवनी र उहाले समाजमा पुर्याएको योगदानका सम्वन्धमा जानकारी गराउनु भएको थियो भने देवर तथा तिलोत्तमा नगरपालिका वडा नम्वर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले शोक सभामा उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु