रुपन्देही उद्योग संघमा ३ महिने लेखा तालिम समापन

खबरपथ संवाददाता
२४ असार २०७६, मंगलवार १८:१४

बुटवल ।
रुपन्देही उद्योग संघ बुटवल र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा संचालन भएको ३ महिने लेखा तालिम मंगलबार समापन भएको छ ।
संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षतामा समापन समारोह सम्पन्न भएको हो । समारोहमा बोल्नुहुँदै अध्यक्ष अधिकारीले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न र लेखा चुस्त दुरुस्त कायम गरी औद्योगिक विकासमा टेवा पु¥याउन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भएको थियो । वहाँले रुपन्देही उद्योग संघले यस्ता खालका तालिमहरु विगतदेखि संचालन गर्दै आइरहेको र आगामी दिनहरुमा समेत निरन्तरता दिने बताउनु भएको थियो ।
समारोहमा बोल्नुहुँदै संघका निवर्तमान अध्यक्ष दिनेशराज रेग्मीले जुनसुकै व्यवसायको महत्वपूर्ण पाटो लेखा रहेका कारण यस्तो महत्वपूर्ण विषयमा दख्खल आर्जन गर्न पाउनु अवसर भएको हुँदा अवसरलाई सही सदुपयोग गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा प्रशिक्षक चाटर्ड एकाउन्टेन्ट प्रमोद पन्थी, घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता अनन्त पन्थी, प्रशिक्षार्थी मोहन घिमिरे लगायतले बोल्नु भएको थियो । समारोहमा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो र तालिममा १५ जनाको सहभागिता रहेको थियो । समापन समारोहको संचालन संघका महासचिव कृष्णप्रसाद पराजुलीले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*