
बुटवलमा हुने मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको तयारी तिब्र , सम्मेलनको उद्घघाटन प्रचण्डले गर्ने

बुटवल । मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलनको तयारीलाई तिब्र पारिएको छ । यहि फागुन २८ गते बुटवलमा हुने मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलनको तयारीबारे मोर्चाले सोमबार बुटवलमा पत्रकारहरुसंग भेटघाट गर्दै सो कुराको जानकारी दिएको हो ।
मगर राष्ट्रिय मूक्ति मोर्चा नेपाल केन्द्रिय समितिका अध्यक्ष गणेश सलामी मगरले बुटवलमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदैं उक्त सम्मेलनको माओवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार देशैभरिबाट करिब १ हजार प्रतिनिधिहरु सहित बुटवल स्थित ट्राफिकचोकमा हुने सभामा करिब १५ हजार जनसहभागिता गराउने तयारी गरिएको छ । सभालाई नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरु नारायणकाजी श्रेष्ठ, पूर्वसभामूख ओनसरीघर्तीमगर, सुरेश आलेमगर लगायतले सम्बोधन गर्ने मोर्चाका प्रवक्ता जीवनप्रवेश रोकामगरले जानकारी दिनुभएको छ ।
यसैबीच फागुन २८ गतेको उक्त कार्यक्रमलाई सफल पार्नका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल नगरले सबै वडालाई निर्देशन जारी गरेको पार्टीका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भूषालले जानकारी दिनुभएको छ । उहाँका अनुसार सो कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नका लागि नगर भित्रका पार्टी र कार्यकर्ताहरुलाई तयारीका लागि व्यापक रुपमा परिचालन गरिएको समेत जानकारी दिनुभएको छ ।