शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित

खबरपथ संवाददाता
२८ फाल्गुन २०८१, बुधबार १३:११

काठमाडौं । काठमाडौँको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को  निर्वाचन स्थगित भएको छ ।

निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकाले आजदेखिका निर्वाचनका सबै प्रक्रिया स्थगन गरिएको जानकारी दिएका छन् । उनले असामान्य परिस्थिति उत्पन्न भएको भन्दै अर्को सूचना जारी नहुँदासम्म सबै प्रक्रिया रोकिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु