बुटवलको विषादी परिक्षण प्रयोगशालामा जाँच्न सुरु

तरकारी तथा फलफुलका नमुनाको परिक्षण सुरुवात
खबरपथ संवाददाता
२५ असार २०७६, बुधबार १५:५०

बुटवल । कर्मचारी अभावको कारण बन्द रहेको बुटवलको विषादी अवशेष द्रत विश्लेषण एकाई (प्रयोगशाला) मंगलबारबाट तरकारी तथा फलफुलको नमुना जाच्न सुरु भएको छ ।

संघीय संरचना अन्र्तगतको नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय मातहतमा रहेको कार्यालय एक बर्ष पहिला सञ्चालनमा आएको भएपनि कर्मचारी समायोजनबाट कर्मचारी गएपछि प्रयोगशाला बन्द भएको थियो ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट बरिष्ठ बाली संरक्षण अधिकृत राम बहादुर खत्री काजमा कार्यालय प्रमुखको रुपमा आएर तरकारी तथा फलफुलका नमुना परिक्षण सुरुवात गरेका थिए ।

केही समय निरन्तर रुपमा सञ्चालनमा आएको उक्त प्रयोगशालाका निमित्त कार्यालय प्रमुख राम बहादुर खत्रीको प्यूठान जिल्लामा सरुवा भएको थियो । त्यस पश्चात पनि काजमा खटीएर उक्त प्रयोशालामा काम गरेका उनी गएपछि उक्त कार्यालय बन्द भएको थियो । एक जना कार्यालय सहयोगीले दैनिक आएर कार्यालय खोल्ने, सरसर्फाइ गर्ने बाहेकका अन्य कुनै पनि काम हुन सकेका थिएन् ।

बरिष्ठ बालि संरक्षण अधिकृत खत्री संगै एक जना प्राविधिक सहायकको समेत दरबन्दी रहेको प्रयोगशालामा प्राविधिक सहायक पदमा रहेका कर्मचारी संघमा समायोजन भएर गएका थिए । जसको कारण प्रयोगशाला बन्द भएको थियो ।

प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयमा दरबन्दीमा रहेका बरिष्ठ बाली संरक्षण अधिकृत राम बहादुर खत्रीलाई प्रदेश सरकारले हाल विषादी अवशेष द्रत विश्लेषण एकाई (प्रयोगशाला) को प्रमुखको रुपमा खटाइरहेको छ ।

कार्यालय प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत राम बहादुर खत्रीले मंगलबारबाट फलफुल तथा तरकारीको नमुना संकलन गरी परिक्षण सुरु गरिएको जानकारी दिएका छन् । उनले आफु एक जना र कार्यालय सहयोग मात्रै रहेको कार्यालयमा कार्य गर्नको लागि कठीन रहेको समेत बताए । उनले भने–‘एक जना मात्रै कर्मचारीबाट काम गर्न कठीन छ, तैपनि सरकारले खटाएपछि अहिले पुरानै कार्यालयमा आएको छु ।’

उनले प्रदेश सरकारले असार पश्चात केही कर्मचारी पठाएमा कार्य सञ्चालनमा सहज हुने समेत जानकारी दिएका छन् । कम्तीमा पनि ३ जना प्राविधिक सहायक, नावय प्राविधिक सहकाय आवश्यक पर्ने उनको भनाई रहेको छ ।

विषादी अवशेष द्रत विश्लेषण एकाई (प्रयोगशाला) र बाँके जिल्लाको नेपालगञ्जमा रहेको विषादी अवशेष द्रत विश्लेषण एकाई (प्रयोगशाला) प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी पठाएर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार पहिलो चरणमा बुटवलको सुरुवात गरिएको छ भने नेपालगञ्जको बाँकेमा रहेको प्रयोगशाला समेत सुरुवाती चरणमा रहेको जनाइएको छ ।

बुटवलमा सञ्चालनमा आएको विषादी मापन प्रयोशालाले नियमित रुपमा नमुना संकलन गरी त्यसको रिर्पोट केन्द्र सरकार, प्रदेश सरकारका बुझाउने छ । दैनिक जसो बुटवल कृषि उपज थोक बजार केन्द्रमा आउने तरकारी तथा फलफुलमा विषादीको मात्रा के कती छ भन्ने विषयमा जाँच गरी त्यसको रिर्पोट प्रदान गरिने कार्यालय प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत राम बहादुर खत्रीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*