चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

खबरपथ संवाददाता
३० फाल्गुन २०८१, शुक्रबार ०७:४४

काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङ विरुद्ध खेल्दैछ ।

नेपाली समय अनुसार यो खेल अपराहन्न १२: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक  तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु