मर्दसाशिक्षा बहुआयमिक बनाउन जोड

खबरपथ संवाददाता
२५ असार २०७६, बुधबार १८:४६

लुम्बिनी । राज्यले मर्दसाशिक्षालाई मूलधारमा ल्याउन नीति अघि सारेको बेला अल्पसंख्यक मुश्लिम सामुदायद्वारा मुट्टीको भरमा संचालित मर्दसाशिक्षालाई बहुआयमिक बनाउनु पर्ने कुरामा जोडदिइएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.३ द्वारा पडरिया मर्दसामा आयोजित खेलकूद तथा शैक्षिक सामग्री बितरण समारोहका बक्ताहरुले सो कुरामा जोडदिएका हुन ।
समारोहलाई सम्बोद्धन गर्दै लुम्बिनी नगर प्रमुख मनमोहन चौधरीले धार्मिकशिक्षा सँगै कृषि, बिज्ञान लगायत अन्य प्राबिधिक बिषय थपेर मर्दसाशिक्षालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
उनले तपाई शैक्षिक योजना ल्याउनुस ब्यवस्थपनको जिम्मा स्थानीय सरकारले लिन तयार रहेको हुदा मुश्लिम समुदाय बैज्ञानिक शिक्षा प्रणाली अपनाई आ आफनो बालबालिकाहरुलाई योग्य तथा सक्षम नागरिक बनाउनु पर्ने आग्रह गरे ।
कार्यक्रममा प्रशाषकीय अधिकृत मोहनपौडेलले नगरभित्र यत्रतत्र छरिएर रहेका मुश्लिम मर्दसाहरुको लागत लिएर शिक्षा शाखा मार्फत शैक्षिक योजना अघि बढाउन निर्देश गरे ।
सो अवसरमा उपमेयर जानकीदेबी श्रीवास्तव, लुसाँनपा ३ का अध्यक्ष अकरामुद्दीन मुसलमान, मौलाना अब्दल रहीम खान, पूर्ब प्रशाषकीय अधिकृत बनारसी प्रसाद हरिजन लगायतले मक्तब्य ब्यक्त गरेका थिए । सो मर्दसामा दुई लाख ५० हजार मुल्य बराबरको खेलकूद तथा शैक्षिक सामग्री बितरण गरिएको वडा कार्यालयले जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*