गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
२५ असार २०७६, बुधबार १८:५५

बुटवल । विभिन्न सामाजिक कार्यमा काम गर्दै आएको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले बुधबार रक्त संचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विशेष गरी दिनप्रति दिन बढ्दै गएको सवारी दर्घटना तथा रक्त अभावमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान कार्यक्रम गर्दै आएको छ । सम्पर्क समाजको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा ६८ जानाले रक्तदान गरेको सम्पर्क समाजका सचिव विकास टण्डनले बताएका छन् ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि रुपन्देही स्वयमशेवि रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगतको अभावमा कसैले पनि आफ्नो जीवन गुमाउनु नपरोस र सबैभन्दा ठूलो मानविय सेवा रक्तदान भएको समेत बताएका थिए । चौहानले रगतको परिपूर्तिका लागि यस्ता कार्यक्रम नियमित रुपमा गर्नुपर्ने र कार्यक्रमको सफलताको शुभकामना समेत दिएका थिए ।

कार्यक्रम उक्त सम्पर्क समाजका अध्यक्ष हुमनाथ ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले रुपन्देहीमा भएको रगतको अभावलाई परिपूर्ति गर्नका लागि सम्पर्क समाजले अग्रणी भुमिका खेलेको र आगामी दिनहरुमा पनि नियमिति यस्ता कार्यक्रमहरु गर्ने प्रतिबद्धता जायर गरेका थिए । यसैगरी कार्यक्रममा बुटवल पब्लिक स्कुलका अध्यक्ष हेमलाल भुषाल, समाजसेवि लक्ष्मण अर्याल लगाएतले बोलेका थिए । कार्यक्रम सम्पर्क समाजका सचिव विकास टण्डन को सयोजकत्वमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*