उद्यमशीलताका लागि सहकारीमा महिला क्रियाशील हुनुपर्छ : मन्त्री पौडेल

खबरपथ संवाददाता
२५ असार २०७६, बुधबार १८:५९

बुटवल। भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले महिला उद्यमशीलताका लागि सहकारीमा क्रियाशील महिलाहरुले नेतृत्व लिनुपर्ने बताउनुभएको छ । एक्लै उद्यम गर्न नसक्ने र ठूलो स्केलमा उद्यम गर्ने दुवैका लागि सहकारी सबैभन्दा उत्तम विकल्प भएको उहाले बताउनुभयो । सहकारीमा क्रियाशील महिलाहरुको समन्वयमा बुटवलमा आयोजना भएको अभिमुखीकरणमा मन्त्री पौडेलले सहकारीमा धेरै महिला सदस्य भएपनि नेतृत्व लिन नसक्दा सहकारीमा महिलाका माग र आवश्यकता समेटिन र महिलाहरु उद्यमशील बन्न नसकेको बताउनुभयो । यसकालागि सहकारी शिक्षा, सीप र उद्यमशीलताबारे महिलाहरु चनाखो हुनुपर्ने उहाले बताउनुभयो । आगामी आर्थिक वर्षमा मन्त्रालयले समेत सहिला नेतृत्वका सहकारीलाई सीप र शिक्षा दिन कार्यक्रम ल्याएको बताउदै उहाले योसंगै अनुगमन र निरीक्षण समेत बढाउने जनाउनुभयो ।

कार्यक्रममा बोल्दै जनउत्थान बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौडेलले सहकारीले महिलासशक्तिकरण, सीप, रोजगार र उद्यमशीलतामा धेरै काम गरेपनि नतिजामुखी काम हुन नसकेको बताउनुभयो । नतिजामुखी कामका लागि सहकारीमा क्रियाशील महिलाहरुको सञ्जाल बनाउनुपर्ने उहाले बताउनुभयो ।

प्रगतिशील महिला विकास सहकारी संस्थाका व्यवस्थापक जमुना गीरीले महिलाद्धारा सञ्चालित सहकारीलाई सामाजिक काममा पनि क्रियाशील बनाउनुपर्ने बताउनुभयो । सहअस्थित्व सहकारीका व्यवस्थापक भगवती ज्ञवालीले महिलाद्धारा सञ्चालित सहकारीलाई रोजगारी र उद्यमशीलता बढाउन तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष देवी वाग्लेले महिला हिंसा न्युनीकरण, आत्मनिर्भरता र रोजगारीका लागि सहकारीमा सरकारी लगानी बढाउनुभयो । सहकारीमा धेरै महिला भएपनि नेतृत्वतहमा नपुगेको बताउदै महिलालाई नेतृत्व तहमा लैजान नीति र विधिमै कडाइ गर्नुपर्ने बताउनुभयो । आन्तरीक रुपमा सहकारीहरुले खर्च गर्ने रकमलाई पनि उपलब्धीमूलक बनाउन निगरानी बढाउन उहाले सुझाब दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*