मुख्यमन्त्री पोखरेल चीन भ्रमण पुरा गरी आज स्वदेश फिर्ता

मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन ली बीच समझदारीपत्रमा हस्ताक्षर
खबरपथ संवाददाता
२५ असार २०७६, बुधबार १९:३२

बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन भ्रमण सकेर आज स्वदेश फर्कनु भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन जानु भएका मुख्यमन्त्री पोखरेल १० दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको हो ।
भ्रमणका क्रममा प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन ली बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई,मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी,स्वकीय सचिव तिरनराज गौतम,युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती सहभागि हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*