आज पनि अमेरिकी डलरको भाउ स्थिर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

खबरपथ संवाददाता
१८ चैत्र २०८१, मंगलवार ११:२९

काठमाडौ, चैत्र १९ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको कारोबार भाउ आज पनि स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम गरिएको छ ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १४७ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ २८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १३ पैसाले घटेको छ । यसअघि सोमबार एक युरोको खरिदमूल्य १४७ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ४१ पैसा तोकीएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४० कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ३० पैसा र बिक्रीदर ८५ रूपैयाँ ६८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ०८ पैसा र बिक्रीमा ९५ रूपैयाँ ५० पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ९० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २५ पैसा तथा बिक्री दर ९ रुपैयाँ २९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३० रूपैयाँ ८९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु