सामाजिक सुरक्षा कोष र भीसीटीएसको बिरोधमा व्यवसायीले निकाले र्याली

खबरपथ संवाददाता
३ श्रावण २०७६, शुक्रबार १३:५५

बुटवल ।
रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका कतिपय बुदा र ढुवानीमा अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) तत्काल लागू गर्न नसकिने बताउँदै आज बुटवलमा बिरोध र्याली निकालेका छन ।
रुपन्देहीमा क्रियासिल संघ सस्थाहरुको समन्वयकारी सस्था सञ्जाल रुपन्देहीको आब्हानमा आज बिहान बुटवलमा ब्यवसायीहरुले बिरोध र्याली निकालेका हुन ।
बर्षा भईरहेको अवस्थामा पनि व्यवसायीहरु छाता ओढेरै र्यालीमा सहभागि भएका थिए ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालय वाल मन्दिरबाट सुरु भएको र्याली अमरपथ, अस्पताललाइन मिलनचोक हुदै राजमार्ग चौराहासम्म पुगी पुन टाफिकचोकमा फर्किएर कोण सभामा पवरिणत भएको थियो ।
कोण सभामा बोल्ने व्यवसायीक सस्थाका नेताहरुले अव्यवसायीक नीति खारेज नभएसम्म वा सरकारले निणर्य पुर्नबिचार नगरेसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका थिए । उनीहरुले चरणबद्ध सांकेतिक आन्दोलनको सुनुवाई नभए बन्दका बिरोधी व्यवसायीहरुले आन्दोलनमा उत्रन बाध्य हुने बताएका थिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्व र नेपाल घरेलु तथा साना उद्योग माहासंघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष धु्रव कुमार धितालको सञ्चालनमा भएको कोण सभामा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम,नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश संयोजक नेत्र पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, नेपाल ढुवानी व्यवसायी महासंघ रुपन्देहीका उपाध्यक्ष लगायतले बोल्नु भएको थियो ।
यसअघि सञ्जालले हिजो जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*