क्रिकेट : नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

खबरपथ संवाददाता
२७ चैत्र २०८१, बिहीबार ०८:०७

काठमाडौं, २८ चैत । नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैँछ ।

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हङकङस्थित टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजेबाट सुरु हुनेछ ।

हिजाेकाे खेलमा  नेपालले कतारलाई ८ विकेटले पराजित गरेर सुरूवाती पर्फोमेन्स नै राम्रो गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा जम्मा २ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु