नेपाल बारमा कांग्रेस एमालेका प्यानलै बिजयी, अबको नेतृत्व बिजय मिश्र

खबरपथ संवाददाता
२७ चैत्र २०८१, बिहीबार २२:०७

काठमाडौं, २८ चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा बिजय प्रसाद मिश्रको प्यानलले बाजी मारको छ।

सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको हो ।

गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहिबार सम्पन्न भए पछि बरिष्ठ अधिवक्ता मिश्रले प्रतिस्पर्धी उम्मेदवार भन्दा २ हजार ४३१ मत बढीसहित ५ हजार ५२ मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका नेकपा माओवादी केन्द्र समर्थित बरिष्ठ अधिबक्ता २ हजार ६२१ मतमा सिमित हुन पुगेका छन।

त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदार प्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सिमित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु