प्रदेश सरकारले दियो १२ जिल्लाका किसानलाई १२ वटा मिल्क ट्यांकर

खबरपथ संवाददाता
१० श्रावण २०७६, शुक्रबार १९:४३

बुटवल । 
प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले  प्रदेशका १२ जिल्लाका किसानलाई मिल्की ट्यांकर  प्रदान गरेको छ ।
मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरी ३५ लाख देखि ५१ लाख रुपैया  पर्ने ट्याक्टर दुग्ध ढुवानीका लागि ५० प्रतिशत अनुदानमा किसानलाई प्रदान गरेको हो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले १२ जिल्लाका १२ जना किसान, तथा समुह सहकारीलाई ट्याक्टरको विलबुक र चाँबीहस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा बोल्दै उहाँले किसानहरुको आयस्रोत वृद्धिको लागि उत्पादन भएको दुधलाई दुग्धजन्य परिकार बनाउनको लागि  ढुवानीमा मिल्क ट्याक्टरको अति महत्पुर्ण भएको बताउनुभयो । उहाँले एक स्थानमा उत्पादन भएको दुध ढुवानीकै अभावमा किसानले उचित मुल्य नपाउने अवस्थाको अव अन्त्य भएको बताउनुभएको  थियो ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको अध्यक्षता,पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलको स्वागत तथा पशु चिकित्सक देवीराम मरासीनीको सञ्चालनमा भएको कार्यक्रममा मन्त्रालयका उप सचिव द्वय विनोद घिमिरे, सञ्जय ज्ञवाली लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । सेवा ग्राहीको तर्फबाट बोल्दै  भगवती दुग्ध उत्पादक सहकारी संस्थाका खण्डबहादुर खड्काले किसानले उत्पादन गरेको दुधको उचित मुल्यको लागि ढुवानीको महत्व सबैभन्दा बढि भएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*