बिरगञ्ज तनावग्रस्त, नियन्त्रणमा ल्याउने प्रयास जारी

खबरपथ संवाददाता
२९ चैत्र २०८१, शनिबार २१:२८

पर्सा, ३० चैत । हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी भएको छ ।

हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो ।

झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बिचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ ।

प्रहरीले स्थीति नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको छ ।

बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु