
विषालु च्याउ खाँदा रोहिणी र सम्मरीमाईका २ परिवारका १६ बिरामी

भैरहवा ।
रुपन्देहीको रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन्।
जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको भैरहवा ििस्थत भीम अस्पतालमा उपचारत भईरहेको छ।
रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका ७ जना र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा घर क्षेत्रमा उम्रिएको च्याउ खाएपछि हरिजन परिवारका ९ जना बिरामी परेको भीम अस्पतालले जनाएको छ । केही दिनअघि पनि रोहिणी गाउँपालिका २ मा विषालु च्याउँ खादाँ ९ जना बिरामी परेका थिए।
अस्पतालमा उपचारत दुई परिवारका १६ जनाको स्वास्थ्य अवस्था समान्य रहेको भैरहवा भीम अस्पतालका चिकित्सक डा. त्रिलोचन पन्थीले जानकारी दिनु भयो। वर्षायाममा जथाभावी उम्रिने च्याउ खादाँ विरामी पर्न सकिने भएकाले त्यस्तो च्याउ नखान डा. पन्थीको आग्रह छ ।