प्रदेश लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश

खबरपथ संवाददाता
१० श्रावण २०७६, शुक्रबार १९:५०

बुटवल ।
प्रदेश लोकसेवा आयोगको अध्यक्षमा अर्घाखाची सन्धिखर्कका डिलाराम भट्टराई सिफारिश हुनुभएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्छ ।
मुख्यमन्त्री शंकर पोखरेलसंयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री,सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिश समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ ।

सोही व्यवस्था अनुसार प्रदेश लोकसेवा आयोगको प्रमुख शिफरिसका लागि मुख्यमन्त्री पोखरेल ,सभामुख  पूर्ण बहादुर घर्ति र प्रमुख प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेल रहेको सिफारिश समितिको बैठकले भट्टराईलाई आयोगको सदस्यमा शिफरिस गरेको हो । समितिको सिफारिशको आधारमा प्रदेश प्रमुखले लोक सेवा आयोगको प्रमुख नियुक्ति गर्ने व्यवस्था प्रदेश लोकसेवा ऐनमा व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*