
नृत्य शक्ति खुल्ला एकल नृत्य प्रतियोगिता को ग्राण्ड फिनाले बुटवलमा हुदै

बुटवल । बुटवलमा नृत्य शक्ति खुल्ला एकल नृत्य प्रतियोगिता २०७६ को ग्राण्ड फिनाले हुने भएको छ ।
नृत्य शक्ति डान्स एण्ड फिटनेस स्टुडियो बुटवलको आयोजनामा यहि साउन २५ गते बुटवल मिलनचोक स्थित डोल्से होटलमा हुन गैरहेको सो प्रतियोगितामा १६ प्रतिश्प्रधिले आफ्नो प्रतिभा देखाउने छन् । लुम्बिनी अञ्चलका १५० प्रतिश्प्रधिलाई उछिन्दै टप १६ मा पर्न सफल रत्नहरुबाट ग्राण्ड फिनालेमा उत्कृस्टका लागि प्रतिश्प्रधा हुने आयोजकका तर्फ़बाट प्रशिक्षक राकेश टि खत्री ( लाहुरे) ले बताए ।
अनुमानित खर्च ५ लाख राखिएको सो प्रतियोगितामा प्रथम हुनेले नगद रु ४० हजार, दोस्रो हुनेले २० हजार , तेस्रो हुनेले १० हजार, र प्रोत्साहन हुनेले ५ हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजक मध्यकी कार्यक्रम संयोजक कोमल पाण्डेले बताइन । साउन २५ गते शनिबार डोल्से होटल मिलनचोकमा हुने सो प्रतियोगितामा १६ प्रतिश्प्रधिको रोचक र दमदार नृत्य सहित प्रशिक्षक हरुको समेत बेजोड नृत्य रहने जज संयोजक रेनुका थापाले बताइन ।
दिउसो ११ बजे देखि शुरु हुने सो प्रतियोगितामा यस क्षेत्रमै पहिलो पटक प्रस्तुत हुन लागेको सिल्क डान्स, हिपहप , फ़िट्नेश डान्स , जुम्बा, लगायतका सास्कृतिक नाच हरु पस्कने आयोजकको भनाइ छ । साथै डिआइडि र सुपर डान्स मा टप मा पुगेका नेपालका प्रतिभा रितेश बस्याल सहितको डान्स समेत प्रस्तुत गरिने छ ।
मात्र १ सय रुपैया टिकट डर राखिएको सो ग्राण्ड फिनालेमा उत्कृस्ट हुने र प्रतिभावान कलाकारलाई एक महिना फ्री वर्क्ससप सहित अन्तरास्ट्रिय लेभलमा पहिचान हुने गरि सहभागी गराइने मुख्य प्रशिक्षक राकेश टि खत्रीले बताए ।
प्रतियोगितामा लुम्बिनी अञ्चलका जिल्ला हरुबाट प्रतिश्प्रधा गर्न आएका थिए जसको टप ५० , ३५ र १६ गरि सेमी फ़ाइनल बाट ग्राण्ड फिनालेका लागि १६ जना प्रतिश्प्रधि छानिएको हो ।