रक्तसञ्चार दिवसमा रुपन्देहीका १३८ संघसंस्था सम्मानित

खबरपथ संवाददाता
१२ श्रावण २०७६, आईतवार १९:५६

बुटवल । नेपाल रेडक्रस सोसाईटी रुपन्देही र रक्त सञ्चार सेवाकेन्द्र बुटवलले आज विभिन्न १ सय ३८ वटा संघसस्थालाई सम्मान गरेका छन । ५३ औं रक्तसञ्चार दिवसको अवसरमा रेडक्रस र केन्द्रले नियमित रुपमा रक्तदान गरेका सामाजिक संघसंस्थाहरुलाई सम्मान गरेका हुन ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश पांचका सचिव केशव आचार्यले सबैको स्वास्थ्यलाई ख्याल गरी रगतको अभाव हुन दिन नहुने बताए । स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्दै रगतको अभाव हुन नदिने गरी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग पुराउने प्रतिवद्वता जनाए । उनले सामूदायिक मुटु अस्पताल स्थापना गरेर बुटवलवासीले अनुकरणीय काम गरेको भन्दै बुटवलको प्रशंसा गरे । हरेक नागरिकको स्वासथ्यमाथि ख्याल गर्दै सञ्चालनमा रहेका अस्पतालहरुको उचित व्यवस्थापन गरेर प्रकावकारी स्वास्थ्य सेवा दिन आग्रह गरे ।

नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य सुदर्शन नेपालले सेवामुखि रेडक्रसलाई सबैको पहुंचमा पुराएर अझै प्रभावकारी सेवा दिन आवश्यक रहेको बताए । रेडक्रसलाई सरकार र सामाजिक संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै रेडक्रसमा राजनीति गर्न नपाइने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रदेश नम्बर पांचका महासचिव कृष्ण पंगेनी, नेपाल स्वंयसेवी रक्तादाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान, गौतमबुद्ध सामूदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, विमल बहादुर शाक्य, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीलगायतले बोल्दै रक्तसञ्चार सेवालाई सहज र प्रभावकारी बनाउन नेपाल रेडक्रस र रक्तसञ्चार सेवा केन्द्र बुटवललाई आग्रह गरे ।

सर्वसाधारण नागरिकको अवस्थालाई हेरेर निशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने उनिहरुको भनाइ छ । मानवीय सेवाका लागि रेडक्रसको पहुंचलाई आमसर्वसाधारण नागरिकसम्म पुराउनुको विकल्प नभएको उहाहरुले बताए ।  प्रेमलाल उदासको अध्यक्षता र आर महमद्को सञ्चालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*