
फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक : को-को परे ?

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनीक गरेको छ ।
फिफाले हिजो सार्वजनिकक गरेको पुरुषतर्फको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी अटाएका छन् । यो सूचीमा ब्राजिलका नेयमार र क्रोएसियाका लुका मोड्रिच भने छैनन् ।
फिफाको मनोनयनमा नेदरल्याण्ड्सका डी योङ फ्रेङ्की, म्याटियास डे लिट र भर्जिल भन डाइक, बेल्जीयमका इडिन हाजार्ड, इंग्लण्डका ह्यारी केन, सेनेगलका सादियो माने, फ्रान्सका किलियन एम्बाप्पे र इजिप्टका मोहमद सलाहा रहेका छन् ।
म्यान्चेष्टर सिटीलाई गत सिजनको प्रिमियर लिग जिताएका कुनै खेलाडीले फिफाको शीर्ष १० खेलाडीमा स्थान बनाउन सकेनन् ।
च्याम्पियन्स लिगमा लिभरपुललाई उपाधि जिताएका भान डाईक, माने र सलाहाले बर्ष खेलाडीको मनोनयनमा आफुलाई पार्न सफल भए । मनोनयनमा प्रिमियर लिग खेल्ने ४ खेलाडी अटाएका छन् ।
उता महिलातर्फ अमेरिकाका चार खेलाडीहरु मेगान रेपिनोए, अलेक्स मोर्गान, जुली अर्ज र रोज ल्याभेले मनोनयनमा परेका छन् ।
इंग्लण्डबाट लुसी ब्रन्ज र इलन ह्वाईटले शिर्ष १० मा ठाउँ बनाएकी छिन् ।