प्रदेश ५ सभाबाट ४५ विधेयक पारित

खबरपथ संवाददाता
४ भाद्र २०७६, बुधबार १९:४३

बुटवल। प्रदेश नं ५ को प्रदेशसभाबाट ४५ विधेयक पारित भएका छन् । प्रदेश सरकारले प्रदेशसभमा पेश गरेका ४८ विधेयक मध्ये ४५ विधेयक प्रदेशसभाले पारित गरेको हो ।

 

पारित भएका ४५ विधेयक मध्ये ४१ विधेयक प्रदेश प्रमुख उमाकान्त झाबाट प्रमाणिकरण समेत भैसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी मनोज कुमार पाण्डेयले जानकारी दिए ।

प्रदेशसभामा पेश भएका विधेयकहरु मध्ये साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,प्रदेश नं ५, सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुन बाँकी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशनबाट ८, दोस्रो अधिवेशनबाट ८, तेस्रो अधिवेशनबाट २४ र चालु चौथो अधिवेशनबाट ५ विधेयक पारित भएका हुन् । यसैबीच मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले सामाजिक विकास मन्त्रालयलाई थप एक विधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक स्वीकृती दिएको छ ।

प्रदेश सरकारले प्रदेश सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना र सञ्चालन तथा सेवा तथा पुनस्र्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा समक्ष पेश गर्न सामाजिक विकास मन्त्राालयलाई सैद्धान्तिक स्वीकृती प्रदान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*