नेपाली नारीहरूको महान पर्व हरितालिका तीज

ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)
१६ भाद्र २०७६, सोमबार ०८:०७

नेपालमा मनाइने एक महत्त्व पुर्ण चाड हो हरितालिका तीज । यो हिन्दु महिलाहरुले मनाउने ठूलो पर्ब हो। खासगरी शुक्ल तृतीयाको दिन मनाउने भएकाले तीज भनिएको हो। ” हरिता अलिभी:”अर्थात् साथीहरुले हरण गरेर लुकाएकाले हरितालिका भनिएको हो।
पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउ भनेर सानै देखी महादेवकै आरधना गर्थीन तर उनका पिता हिमालयले नारदको सल्लाह अनुसार भगवान विष्णु सङ्ग विवाह गर्ने निधो गरेपछि पार्वतीलाई उनका साथीले एकान्तमा लगेर लुकाए । पार्वतीले लुकेकै ठाउँमा बालुवाको शिवलिङ्ग बनाई महादेव पति पाउ भन्दै नित्य कठोर व्रत लिई पुजा गर्न थालिन् । महादेव प्रसन्न भई दर्शन दिनु भो । महादेव तथास्तु भनी वरदान दिनु भए त्यो दिन हरितालिका थियोे । यसरी पार्वतीको महादेव सङ्ग विवाह सम्पन्न भएको थियोे । आज यो पर्बले हिन्दु धर्म , सस्कृति र परम्परा प्रति बिशेष झुकाब दिइरहेको पाईन्छ। नेपाली हिन्दु नारीहरुले धर्म प्रति आस्था र बिश्वाश राख्ने हुनाले हाम्रो धर्म ,परम्परा र सस्कृति लाई संसार भरी नै पहिचान गराउदै ओजेल पर्नबाट जोगाई रहेकाछन्। देशको समसामाहिक अबस्था बिकृति र बिसंगगति बिरुद्ध गीतका माध्यमबाट आवाजहारू बुलन्ध गर्ने गरेको पाइन्छ। त्यसैले हामी संसारको जुन सुकै कुनामा रहे पनि हाम्रो धर्म , सस्कृति र परम्परा हरुलाई बिश्वमा नै प्रचार प्रसार गर्दै जगेर्ना गर्न मेला उत्सबहरुका साथ मनाउदै चेतना जागरण गराउने ज्ञानको आदान प्रधान हुनु अति आबस्यक छ। जसले गर्दा नेपाली नारीहरु बिच सदभाब र माया बढ्न गई सकारात्मक धारणाको बिकाश हुन जान्छ। यसको लागि जति नारीहरु सक्रिय हुन्छन् त्यति नै पुरुषहरुको सदभाब र सहयोगको खाँचो परेको हुन्छ। यसरी नारी र पुरुष मिलि गरेका सकारात्मक कामहरुले मेलमिलापको बिकास हुन गई आत्मीय भावना जागरुक हुन जान्छ। हाम्रो गाउँ घर समाजमा अशिक्षा र अन्धबिश्वसले अझै पनि रोमलिरहेको छ। चुलो चौकामा सिमित रहेका दिदी बहिनिहरुलाई परिबर्तन गराउने शिक्षाको बिकाश गर्न सक्ने आधार निर्माण गर्दै देशलाई समुन्नति र सम्वृद्धि बनाउनको लागि चेतना र शिक्षाको अति जरुरी हुन्छ। यस्तो जागरणले गाउँ घर देखि देशालाई नै समुन्नत पार्दै अन्धबिस्वसको पट्टीलाई खुलाउने ठुलो आधार हुन सक्ने छ।आझभोली बिदेशमा पनि नेपाली चेली जम्मा भएर यो पर्व मनाउने गरेको पाईन्छ।
महिलाहरूले तीजको द्वितीयाको दिन दर खाने र तीजको दिन व्रत बसि महादेवको पुजा गरि दिनभर आफूले भोगेका दुःखसुखका घटना लाई गीतमा उतार्दै नाचेर मनोरञ्जन गर्छन् । तर आजभोलि भने दरका नाममा भोज गर्ने अनि तीजका गीतमा मौलिकता हराउँदै गर्दा तीज विकृत बन्दै गएको छ । यसलाई सुधार्नु पर्ने देखिन्छ ।
यसरी तीज पर्वले समाजको मौलिक अबस्थालाई बिशेष ध्यान दिदै महिला शसक्तिकरण अभियान द्धारा शान्ति समुन्नतिका साथै सार्बभौमिक सपन्न राष्ट्रको निम्ति टेवा पुग्ने खालको हुन पर्दछ । विश्वका बिभिन्न मुलुकहरुमा छरिएर रहेका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुबाट एक आपसमा मेलमिलापको भाबना जगाउदै बक्तित्व बिकाशका साथै देशको यो बिसम परिस्थितिलाई यो तीज पर्बमा आशा गरौ शान्ति स्थापनाका लागि जोडदार गीतहरु गुन्जिनेछन्।तब मात्र तीजको महत्व रहिरहन्छ ।अस्तु।

(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन्।) dumrechakrapani@gmali.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*