काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी

बिपी जयन्तीमा राष्ट्रिय जागरण अभियान सुभारम्भ तथा बृक्षारोपण गरिने
खबरपथ संवाददाता
२२ भाद्र २०७६, आईतवार १९:४४

बुटवल । नेपाली काँग्रेस रुपन्देहीले मुलुकको नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको छ । नेपाली काँग्रेस रुपन्देहीको शनिबार र आईतबार बसेको जिल्ला समितिको बैठकले जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० प्रदेश निर्वाचन क्षेत्रमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको हो ।
जस अन्तरगत संघीय संरचना अनुसार क्षेत्र नं. १ को सभापतिमा हिराबहादुर खत्री, क्षेत्र नं. २ को सभापतिमा हरि लम्साल, क्षेत्र नं. ३ को सभापतिमा मात्रिकाप्रसाद यादव र सहसभापतिमा प्रेमबहादुर फौदार, क्षेत्र नं. ४ को सभापतिमा मुकेश यादव र क्षेत्र नं. ५ को सभापतिमा वसिउल्लाह मुसलमानलाई सर्वसम्मत रुपमा जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
त्यस्तैगरी प्रदेश सभा तर्फ क्षेत्र नं. १ को (क) मा लालबहादुर चौधरी (ख) मा गोरखनाथ चौधरी, क्षेत्र नं. २ को (क) मा माधवलाल देवकोटा, (ख) मा परशुराम ढकाल, क्षेत्र नं. ३ को (क) मा पुरनप्रसाद श्रेष्ठ, (ख) मा कृष्णबहादुर विष्ट, क्षेत्र नं. ४ को (क) मा रमाकान्त केवट, (ख) मा सन्तराम हरिजन र क्षेत्र नं. ५ को (क) मा रामबहादुर थापा तथा (ख) मा दुर्गाप्रसाद उपाध्यायलाई सभापतिको जिम्मेवारी प्रदान गरिएको छ । सर्वसम्मत रुपमा निर्णय गरिएको र बाँकी संरचना पार्टीको कार्यबिधि अनुसार हुने पनि सचिव खाँणले बताउनु भयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय प्रतिनीधि प्रदिपकुमार यादवको रोहवरमा उक्त निर्णय गरिएको हो । बैठकले जिल्लामा डेंगुले महामारिको रुप लिन खोज्दा समेत प्रदेश तथा स्थानीय सरकारले डेंगु नियन्त्रणकालागि कुनै प्रयास नगरेको निश्कर्ष निकाल्दै तत्काल पहलकदमी उठाउन र नागरिकको स्वास्थ्य प्रति गम्भिर बन्न सरकारलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै काँग्रेसले पार्टी कार्यकर्तालाई समेत डेंगु नियन्त्रणमा सहभागि हुन तथा जनचेतना जगाउने एवं डेंगु सार्ने लामखुट्टे नियन्त्रणका काममा सहभागि हुन आह्वान गरेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय समितिले यहि भदौ २४ गतेदेखि देशव्यापी रुपमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा सञ्चालन हुने उक्त अभियानमा लाग्न समेत आम कार्यकर्तालाई आग्रह गरिएको छ । दोस्रो चरणको जागरण अभियान २४ गते बिपी जयन्तीको दिनबाट सुरु हुने भएकाले नेपाली काँग्रेसले रुपन्देहीका प्रदेश निर्वाचन क्षेत्रमा बृक्षा रोपण गरि सुरु गर्ने निर्णय गरेको छ । १०६ औं बिपी जयन्ती भएकाले पार्टीले १० वटै प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटाका दरले बृक्षा रोपण गरिने सचिव खाँणले जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*