सम्बृद्धिका लागि संबिधान संशोदन : उपप्रधानमन्त्री यादव

बिन्दु कुमार चौहान
२८ भाद्र २०७६, शनिबार १४:१८

मर्चवार । सरकारले सम्बृद्धिको अभियानमा अघि बढिरहेको बेला उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सम्बृद्धिका लागि संबिधान शंशोद्धन आवश्यक रहेको बताएका छन ।
सो कुरा उनले समाजबादी पार्टी रुपन्देही द्वारा मर्चवारमा आयोजित आमसभालाई सम्बोद्धन गर्दै बताएका हुन ।
उपप्रधानमन्त्री यादवले संबिधान निर्माणकर्ताहरुबाट नै पटक पटक संबिधान अपुरो भएको धारणा सार्बजनिक भए बमोजिम संशोद्धन मार्फत बाकी अंश पूरा गरि बिभेदमा पारिएका उपेच्छित बर्ग तथा समुदायलाई मूलधारमा ल्याएर संघियता सबलीकरण पछि मात्र देश आर्थिक सम्बद्धि तिर उन्मुख हुने दाबी गरे ।
उनले अधिकार सम्पन्न संघियताबाट नै बिश्वमा चीन,भारत र सिंगापुर लगायत कतिपय मुलुक सम्बृद्ध राष्ट्रको रुपमा पहिचान बनाउन सफल भईसकेको अवस्थामा नेपालमा पनि जलस्रोत,कृषि , जडीबूटी, पर्यटन स्वच्छहावापानी लगायत स्रोतसाधनको सदुपयोग गरि आर्थिक परिवर्तन हुन सक्ने प्रबल सम्भावना रहेको स्पष्ट पारे ।
भूपरिवेष्ठित राष्ट्र नेपाल सम्बृद्ध नहुनुका मुख्य कारण शाषकीय मानसिकताले गर्दा मधेशी,थारु,मुश्लिम,महिलालाई बिभेदमा पारे झै प्रदेशलाई केन्द्रले बिभेदकारी नीति अन्त नगरे सम्म नेपालमा नामको मात्रै संघियता सफल हुन नसक्ने उपप्रधानमन्त्री यादवले जिकिर गरे ।
कार्यक्रममा समाजबादी पार्टीका केन्द्रिय नेता दानबहादुरचौधरी,पूर्बमन्त्री मोहम्मद वकील मुसलमान , चीनककुर्मी लगयतले मक्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा सदभावना पार्टीका पूर्ब महासचिव हरिश्चन्द कुर्मी सहित दर्जनौ नेता तथा कार्यकर्ता समाजबादी पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु