तिलोत्तामामा खुल्यो धातुरहित काठको कोलमा तेल पेल्ने मिल

खबरपथ संवाददाता
१३ आश्विन २०७६, सोमबार १९:२४

मणिग्राम । गायत्री तेल मिलको नाममा मणिग्राम कफि कम्पानी राधाकृष्ण टोलमा तेल मिल संचालानामा आएको छ । ५० लाखको लगानीमा स्थापित संस्थाको तोरी मिलबाट अर्गा्निक दैनिक १०० लिटरसम्म तेल उत्पादन गर्ने क्षमता छ । बजारमा मिसावटयुक्त तेल खादै आएका उपभोक्तालाई मध्यनजर गर्दै शुद्ध तेल पलाउने तथा उत्पादित तेल ग्राहकलाई दिने प्रतिबद्दता संचालक यज्ञमूर्ति पाण्डेले गरेका छन । मिलमा तोरी, बदाम , नरिवल लगायतका कच्चापदार्थ खरिद गरि ग्राहक सम्म पुर्याउने भएकाले एकातिर उपभोक्ताले शुद्ध तेल पाएका छन् भने अर्को्तिर कृषकले उचित मूल्य पाउने पाण्डेको भनाइ छ ।

बुटवल उद्ध्योग बाणिज्य संघ कार्यसमितिमा सदस्य टंक प्रसाद गैरेको प्रमुख आतिथ्यतामा सोमबार उद्घाटन भएको तेल मिलमा धातुको मेशिन नभएर प्राचिन काठको कोलबाट तेल पेलिने संचालक पाण्डेले बताए । मिसावटरहित तेल बिक्रि तथा खरिदको लागि प्रतिबद्द रहेको भन्दै पाण्डेयले यस क्षेत्रमा उपभोक्ताको मागलाई ध्यान मा राखी यस्तो खालको अर्गा्निक तेलको लागि प्राचिन मिल खोलेको बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*