सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको तयारी अन्तिम चरणमा

बाबुराम गैरे
२३ आश्विन २०७६, बिहीबार १९:३६

बुटवल । प्रदेश ५ को बहुप्रतिष्ठित क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण  (सर्बोत्तम टिपिएल – ३) को तयारि अन्तिम चरणमा पुगेको छ । असोज २५ शुरु हुने प्रतियोगिताका लागि पिच र ग्राउण्ड निर्माणको काम सकिएको छ ।

दर्शकहरुको सहजताका लागि यसपाली प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताको प्रचार प्रसारको काम जारि छ भने पत्राचारको काम सकिसकेको आयोजकले जनाएका छन । प्रचारप्रसारका लागि तिलोत्तमा नगरपालिकाका आकासे पुल र अन्य बिभिन्न स्थानहरुमा  स्वागत ब्यानर र  होडिङबोर्डहरु राखिएका छन ।

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुने प्रतियोगिताको प्रदेश ५ का सामाजिक बिकास मन्त्रि सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाउने भएका छन । प्रतियोगितामा ४ पुरान टिम सहित अन्य ६ नयाँ टिमले सहभागिता जनाउने भएका हुन । प्रत्येक पुराना टिमले १÷ १ जना रिटेन खेलाडि राख्न पाउने प्रावधान रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ । त्यसैगरि प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद २० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट वलरलाई नगद १० हजार साथै इमर्जिङ प्लेयरलाई नगद ५ हजार प्रदान गरिने तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा १ टिमलाई फेयर प्ले अवार्ड अन्तर्गत नगद ४० हजार साथै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई नगद १ हजार ५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा हुने प्रतियोगिताको रुपन्देहीको लुम्बिनि टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ ।

स्थानिय स्तरबाट खेलाडिहरु उत्पादन गर्दै क्रिकेट खेलको बिकासका लागि प्रतियोगिताको आयोजना गरिएको तिलोत्तमा क्रिकेट बिकास समितिका सिइओ दिपक भुर्तेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*