नेपाली टिम अस्ट्रेलियाविरुद्ध ५-० ले पराजित

खबरपथ संवाददाता
२३ आश्विन २०७६, बिहीबार २०:०६

काठमाडौँ — नेपाली टिमले विश्वकप २०२२ छनोटमा बिहीबार एसियाली महारथी अस्ट्रेलियाविरुद्ध क्यानबेरामा ५-० को हार बेहोरेको छ । जेमी म्याक्लारेनको ह्याट्रिकसँगै घरेलु टिमले सहजै ३ अंक जोडेको हो ।

जीआईओ रंगशालामा सुरुबाटै आक्रामक देखिएको घरेलु टिम अस्ट्रेलियालाई म्याक्लारेनले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाए। उनले किरण चेम्जोङले नियन्त्रण गर्न नसकेको र नेपाली डिफेन्सले सतर्क नरहेको अवस्थामा बललाई पोष्टको दिशा दिएका थिए। मेलबर्न सिटी एफसीका यी फरवार्डले १९ औं मिनेटमा दोस्रो गोल गरे। उनले रायन ग्रान्टले उपलब्ध गराएको बललाई हेडद्वारा पोष्टको दिशा दिए। उनले ९० औं मिनेटमा ह्याट्रिक पूरा गरे।

अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकै खेलमा डिफेन्डर साउटरले कर्नरमा पाएको बललाई २३ औं मिनेटमा हेडद्वारा पोष्टको दिशा दिँदै गोलको खाता खोल्दै अस्ट्रेलियालाई ३-० को अग्रता दिलाए। उनले ५९ औं मिनेटमा प्रहार गरेको बल नेपाली डिफेन्डर दिनेश राजवंशीमा डिफ्लेक्ट हुँदै जाली चुम्न पुगेको थियो। जसलाई दिनेशको आत्मघाती गोल दिइयो ।

करिब २० हजार दर्शक उपस्थित रंगशालामा भएको खेलमानेपाली टिमले बल्ल ४१ औं मिनेटमा आएर बललाई गोलकिपरसम्म पुर्‍यायो। नेपालका सबै खेलाडी डिफेन्समै व्यस्त देखिए। शारीरिक, कौशल लगायत सबै हिसाबले अस्ट्रेलिया बलियो देखियो। ५५ मिनेट मोयको क्रसमा गुडविनको हेडरमा गोलकिपर किरणले राम्रो बचाउ गरेका थिए।

एसियन कप २०२३ छनोटको रुपमा पनि रहेको यस विश्वकप छनोटको ३ खेलमा नेपालले दोस्रो हार बेहोरेको हो। पहिलो खेलमा कुवेतविरुद्ध ७-० को अनपेक्षित हार बेहारेको नेपालले त्यसको ५ दिनपछि ताइवानमा भने २-० को जित निकालेको थियो।

अब १५ अक्टोबरमा नेपालले अम्मानमा जोर्डनविरुद्ध खेल्नेछ। फिफा वरीयतामा नेपालभन्दा ११७ स्थानमाथिको अस्ट्रेलियाले भने दुई खेलमा शतप्रतिशत जित निकाल्दै अर्को चरणको प्रवेशको संभावना बलियो बनाएको छ।

नेपाली टिम विश्वकप २०२२ छनोटअन्तर्गत् क्यानबेरामा अस्ट्रेलियाविरुद्ध भइरहेको खेलको पहिलो हाफमा ३-० ले पछाडि परेको छ। जीआईओ रंगशालामा सुरुबाटै आक्रामक देखिएको घरेलु टिम अस्ट्रेलियाले जेमी म्याक्लारेनले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाए।

उनले किरण चेम्जोङले नियन्त्रण गर्न नसकेको र नेपाली डिफेन्सले सतर्क नरहेको अवस्थामा बललाई पोष्टको दिशा दिएका थिए।मेलबर्न सिटी एफसीका फरवार्ड म्याक्लारेनले १९ औं मिनेटमा दोस्रो गोल गरे। उनले रायन ग्रान्टले उपलब्ध गराएको बललाई हेडद्वारा पोस्टको दिशा दिए।

अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकै खेलमा डिफेन्डर साउटरले पनि गोलको खाता खोल्न भ्याए। उनले कर्नरमा पाएको बललाई २३ औं मिनेटमा हेडद्वारा गोल गर्दै अस्ट्रेलियालाई ३-० को अग्रता दिलाए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*