टिपिएल : रुपन्देही पल्टन्स्लाई १० विकेटले पछि पार्दै बुटवल युनाइटेड सेमिफाईनलमा प्रवेश

सेमिफाईनल खेल्ने सबै टिमको टुंगो लाग्यो
खबरपथ संवाददाता
४ कार्तिक २०७६, सोमबार ११:४३

बुटवल । रुपन्दही पल्टनस्लाई १० विकेटले पछाडी पार्दै बुटवल युनाइटेड सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको सेमिफाईनलमा प्रबेश गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही पल्टनस्लाई १२ दशमलव ३ ओभरमा १९ रनमै रोकेपछि बुटवल युनाइटेड सहज रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

बुटवल युनाईटेडले बिजयका लागि पाएको २० रनको लक्ष्य २ ओभरमै पुरा गरेको थियो । बुटवल युनाइटेडका लागि कुसल मल्लले १० र मृनल गुरुङ्गले ११ रनको योगदान गरे ।

रुपन्देही पल्टन्स्लाई झिनो रनमा रोक्न बुटवल युनाइटेडका अमित तामाङ एक्लैले ५ विकेट लिए । अमितले ४ ओभरमा एक मेडन ओभर खेल्दै १० रन खर्चेर ५ विकेट लिएका हुन । त्यस्तै राहुल प्रजापतिले २ साथै भिम सार्की, सागर ढकाल र सुसन भारीले समान १ / १ विकेट लिए ।

ब्याटिङ्ग तर्फ रुपन्देही पल्टनस्का बिराट भण्डारी, दिनेश मगर, दिलिप कुर्मी, रोविन क्षेत्री, सौरव भुर्तेलले खाता नै खोल्न सकेनन् ।

प्रतियोगितामा बुटवल युनाइटेडका अमित तामाङ म्यान अफ द म्याच बने भने राहुल प्रजापती मष्ट भ्यालुएवल खेलाडी बन्न सफल भए ।
प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा सियारी राइनोज्ले मणिग्राम किंगस्को सामना गर्नेछ ।

सेमिफाईनल खेल्ने सबै टिमको टुंगो लाग्यो

तिलोत्तमा प्रिमियर लिगमा सेमिफाइनल खेल्ने सबै टिमको टुगो लागेको छ । पोल ए मा रहेको ज्ञानोदय गोल्डस्ले सेमिफाईनलमा स्थान शुरक्षित बनाईसकेको छ भने आजको खेलको बिजेता बुटवल युनाईटेड पनि पोल ए बाट सेमिफाईनल पुग्ने अर्को टिम बनेको छ । पोल बि बाट मणिग्राम किंगस् र पाल्पाली लिजेन्टस् यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेका छन ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु