
टिपिएल ३ : ज्ञानोदय गोल्डस् फाइनलमा प्रवेश

बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सबोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उपाधीमाथि दावेदारी पेश गरेको छ ।
समुह बिजेता बन्दै सेमिफाइनल पुगेको ज्ञानोदयले बुधबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा पाल्पाली लिजेन्टस्लाई ९ रनले पराजीत गर्दै ज्ञानोदयले उपाधीमाथि दावेदारी पेश गरेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७ विकेटको क्ष्यतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो । जवाफि ब्याटिङ्ग गरेको पाल्पाली लिजेन्टस् १९ दशमलव ४ ओभरमा १ सय ३६ रनमा समेटिएपछि ज्ञानोदयले फाईनलको यात्रा तय गरेको हो । ज्ञानोदयको जितकालगि शंकर रानाले ६२ रनको योगदान गरे भने शिद्धार्थ राज शाहीले ३६ रनको योगदान गरे ।
पाल्पाली लिजेन्टस्लाई लक्ष्य पुग्न रोक्न ज्ञानोदयका दिवान पुनले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र शहानीले २३ रन खर्चेर २ विकेट लिए भने सिद्धान्तराज शाहीले २ साथै प्रतिश जिसी र कमल ओलीले समान १/१ विकेट लिएका थिए ।
प्रतियोगितामा ज्ञानोदय गोल्डस्का सिद्धान्तराज शाही मष्ट भ्यालुएवल प्लेयर बने भने शंकर रानाले म्यान अफ द म्याचको उपाधी पाएका छन ।
ज्ञानोदयले उपाधी कब्जाका लागि आज हुने दोस्रो सेमिफाइनलको बिजेतासंग भोली प्रतिष्पर्धा गर्नेछ ।