प्रदेश प्रमुखहरुलाई हटाउनु राजनीतिक पूर्वाग्रह : कांग्रेस

खबरपथ संवाददाता
१७ कार्तिक २०७६, आईतवार २१:०२

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातैवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

सरकारको सिफारिस अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुख पदमुक्त गरेको विषय सार्वजनिक भएपछि कांग्रेसले आपत्ति जनाएको हो ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश प्रमुख पदमुक्त गर्ने सम्बन्धमा सरकारले पूर्वाग्रही निर्णय गरेको बताए ।

‘सरकारले अपरिपक्व र पूर्वाग्रही निर्णय गर्‍यो,’ निधिले खबरहबसँगको कुराकानीमा भने, ‘अहिलेकै अवस्थामा प्रदेश प्रमुखलाई पदमुक्त गर्नुपर्ने राजनीतिक आवश्यकता थिएन ।’

प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने समयमा सरकारले प्रदेश प्रमुख हटाएर गलत काम गरेको निधिको टिप्पणी छ ।

‘संघीयतालाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा सरकारले प्रदेश प्रमुख नै हटाएर गल्ती गरेको छ,’ निधिले भने, ‘सरकारको यो निर्णय अपरिपक्व, घोर पूर्वाग्रही र असंवैधानिक छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सिफारिसका आधारमा ७ वटै प्रदेशका प्रमुख नियुक्त भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*