गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

खबरपथ संवाददाता
२१ कार्तिक २०७६, बिहीबार २१:४२

पोखरा । गण्डकी प्रदेशको नवनियुक्त प्रमुख अमिक शेरचनले बुधबार दिउसो आफ्नो पदभार ग्रहण गरेका छन् ।

बुधवार दिउसो १.३० बजे पोखरा एयरपोट झरेका प्रमुख शेरचन सिधै पोखराको पार्दी स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै प्रमुख शेरचनले संचारकर्मीसँग भने –जनतासँग प्रत्येक्ष सरोकार राख्ने र उनीहरुको समस्या समाधान गर्नकै लागि तीन तहको सरकार र नयाँ संविधान निर्माण भएको हो ।

विगतको राजनीतिक सहमति अनुसार अगाडि वढेको सरकारसँग समन्वय गर्दै आफू अगाडि वढ्ने प्रतिक्रिया उनले दिएका छन् । आफू कुनै एक पार्टीबाट नियुक्त भएपनि प्रदेश प्रमुखभएसंगै अब आफू सबैको साझा व्यक्ति भएको उनले बताए ।

सरकारको अनुभूति आम जनताले सहज रुपमा गर्न सकुन उनले भने–आम जनताले सरकार मेरो होस् भन्ने अनुभूति गरुन । राष्ट्रिय एकताले नै यहाँको संस्कृति, भेषभूषा, राष्ट्रियता, सारभौमसत्ता, जातजातिका बिचको मेलमिलाप बलियो हुन सकेको छ, उनले भने– नेपाल रहेमात्र हामी रहन्छौ, सवै नेपाली राष्ट्रिय हितमा जुट्नु पर्छ ।

७७ वर्षीय शेरचनको जन्म गण्डकी प्रदेशकै म्याग्दी जिल्लाको औखरबोट गाउँमा भएको थियो । उनले वि.स. २०१७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाएका थिए ।

प्रदेश प्रमुख शेरचनलाई स्वागत गर्न पोखरा विमानस्थलमा आर्थिक मामिला तथा योजना एवं कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, राजनीतिक दलको प्रदेश सांसद, मुख्य सचिव,प्रमुख प्रतिपक्ष दलका नेता, प्रहरी प्रमुखहरु, नेपाली सेनाका प्रमुख लगायत उच्च पदस्थ कर्मचारी प्रदेश प्रमुखको स्वागतमा पोखरा विमानस्थल पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*