सयपत्री गोल्डकप नकआउट फुटबलमा सिद्धार्थ युवा क्लब विजयी

खबरपथ संवाददाता
२२ कार्तिक २०७६, शुक्रबार १९:४२

बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत शुक्रबारको खेलमा सिद्धार्थ युवा क्लब बासगढी विजयी भएको छ । सिम्रिक युवा क्लब कालिकानगरलाई १–० गोल अन्तरले पराजित गर्दै सिद्धार्थ क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलमा सिद्धार्थका जमीर मियाले एकमात्र गोल गरेका थिए । खेलको ६६ औ मिनेटमा बिमल श्रीषको पासमा जसीरले गोल गरेका थिए । उनि खेलमा म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए । शनिबार पहिलो क्वाटरफाईनल खेलमा आयोजक सयपत्री युवा क्लबले पाल्पा–११ को सामना गर्ने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*