कांग्रेसकी नेतृ डिलाको प्रधानमन्त्रीलाई सुझाव : ‘मोदीसंग ‘वान टू वान’ वार्ता गर्नुस्’

खबरपथ संवाददाता
२४ कार्तिक २०७६, आईतवार १७:५३

बुटवल ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डाः डिला संग्रौलाले भारतीय हस्तक्षेपबारे नेपालका प्रधानमन्त्रीले नरेन्द्र मोदीसंग ‘वान टू वान’ वार्ता गर्नुपर्ने सुझाव दिएकी छन् । उनले भारतीय पिएम मोदीसंग आंखा जुधारएर बार्ता गर्नुपर्ने भन्दै त्यसमा कांग्रेसको साथ र समर्थन हुने बताइन् ।
बुटवलमा रिपोटर्स क्लब प्रदेश ५ को साक्षात्कारमा बोल्दै सांसद समेत रहेकी नेतृ संग्रौलाले नेपालको सिमा रक्षाका लागि सबै दल एक ठाउमा उभिन जरुरी रहेको बताइन् । ‘अब कुटनीतिक र राजनीतिक वार्ताले मात्र पुग्दैन, स्वयम् प्रधानमन्त्री र भारतीय प्रधानमन्त्री बीच वान टू वान वार्ता हुनु पर्छ ।’–उनले भनिन् ।
एक फरक प्रसङ्गमा उनले नेपालको राजनीतिक नया चिराबाट जानुपर्ने आवश्यकता औल्याइन् । सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर गलत नजिर बसेको उल्लेख गर्दै उनले संविधान लागू गर्ने कुरालाई राजनीतिक प्रतिशोध बनाउन नहुने बताइन् ।
पछिल्लो समय महिलाहरुमाथी बलात्कार तथा हत्याका घटनाहरु बढ्दै गएको बताउँदै उनले निर्मला बलात्कार तथा हत्या काण्ड अहिलेसम्म पत्ता लाग्न नसक्नु त्यसको उदाहरण भएको उल्लेख गरिन् ।
नेकपाकीे केन्द्रीय सदस्य सिता पौडेलले भारतले नेपालको नालापानी र कालापानी आफ्नो नक्सामा राख्दा सिमा विवाद थप पेचिलो भएको उल्लेख गर्दै यो समस्या पहिलेदेखि नै रहेको उल्लेख गरिन् ।
नेपालका अन्य ठाउँहरुमा पनि भारतले नेपालको सिमा मिचेको उल्लेख गर्दै उनले सिमा सुरक्षाका लागि सरकारले हिजो मात्रै सर्वदलीय बैठक बोलाएर छलफल गर्नु सकारात्मक काम भएको बताइन् ।
भारतले आफ्नो डिजिटल नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेपछि चर्को विरोध भैरहेको छ ।
रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका प्रदेश ५ सदस्य कपिल ज्ञवालीले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*